Prakash Adhikari July 13, 2022

 

काठमाडौं, २९ आषाढ। प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ३१ गते शुक्रबार दिउँसो ३ बजेका लागि निर्वाचनको समय निर्धारण गरी सूचना पाटीमार्फत सबैमा सूचना जारी गराउनुभएको छ ।
गतै संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ, जसअनुसार भोलि बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तो प्रस्ताव प्रतिनिधि सभाका सांसदहरुले राख्नुपर्नेछ ।

यसरी प्रस्तावित उम्मेदवारहरूको सूची साढे १ बजे प्रकाशित हुनेछ भने ३१ गते ३ बजे बस्ने संसदको बैठकमा उम्मेदवारहरुको प्रस्ताव प्रस्तावकले पेश गर्ने र समर्थक समर्थन गर्दै छलफल समाप्तिपछि मतदानको प्रक्रियाबाट उपसभामुख निर्वाचित गरिने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

उपसभामुखको अनुपस्थितिले संवैधानिक परिषद्को बेठक बस्न कठिनाई हुन गयो । निर्वाचन नगरेमा यो ऐन संशोधनमा लगिनुपर्ने जोखिम बढेको बेला उपसभामुखको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर मुलुकलाई संवैधानिक मार्गमा लैजान सतत् प्रयास गरेको छ ।

Share Now

Leave a comment.