Prakash Adhikari March 18, 2018

काठमाडौं, ४ चैत्र । आईसीसी बिश्वकप छनौट प्रतियोगितामा आठौं स्थान हाँसिल गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रदर्शन मूल्यांकन गर्दै रिपोर्ट कार्ड दिएको छ।

आइतबार आईसीसीले आफ्नो वेबसाइट मार्फत प्रतियोगितामा ६ मध्ये २ खेल मात्र जित्न सकेको नेपाली टिमलाई समग्रमा ‘सी’ ग्रेड दिएको छ।

सुपर सिक्स पुग्न असफल अर्को देश नेदरल्याण्डलाई पनि ‘सी’ ग्रेडनै दिंदा पपुवा न्यु गिनीलाई र हंगकंगलाई ‘डी’ ग्रेड दिएको छ।

प्रतियोगिताको समुह चरणमा नेपालले जिम्बाबेसंग ११६ रनले, स्कटल्याण्ड ४ विकेटले तथा अफगानिस्तानसंग ६ विकेटले हार बेहोरेको थियो। त्यसपछि हंगकंगलाई ५ विकेटले तथा पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको नेपालले सातौं स्थानको लागि शनिबार भएको खेलमा नेदरल्याण्डसंग ४५ रनको हार बेहोर्दै प्रतियोगिता आठौँ स्थानमा अन्त्य गरेको थियो।

आईसीसीले रिपोर्ट कार्डमा यस्तो लेखेको छ


नेपालको सकारात्मक पक्ष

धेरै खेलमा हारको बाबजुत पनि प्रतियोगितामा कुनै टिमले सम्भावना देखाएको छ र फाइदा उठाएको छ भने त्यो नेपाल हो। बिश्वकप छनौट प्रतियोगितामा नेपाल नाटकीय तरिकाले छानिएको थियो र छनौट प्रतियोगिता अन्त्य हुँदा अझ बढी कुरा पाएको छ त्यो २०२२ सम्मको लागि एकदिवसीय राष्ट्रको मान्यता हो।

नेपालको क्रिकेट विकासमा सबैभन्दा सकारात्मक कुरा १७ बर्षिय लेग स्पिनर सन्दिप लामिछाने हुन्। नेपालको दुवै जितमा अहम भूमिका निभाएका लामिछानेले कुल १३ विकेट लिए जुन क्रममा हंगकंगलाई पराजित गर्दा १७ रन दिएर ३ विकेट तथा पपुवा न्यु गिनीसंग अझै राम्रो २९ रन दिएर ४ विकेट लिएका थिए।

नेपालले सुधार्नुपर्ने पक्ष

सन्दिप बाहेक नेपालले बलिंगमा उत्कृस्ट प्रदर्शन गर्न सकेन र ब्याटिंगमा पनि पारस खड्काको एक्लो नेतृत्व रह्यो। जिम्बाबेसंग नेपालले ३८० रन दियो र ११६ रनको हार बेहोर्यो। ब्याट्सम्यानहरु स्कटल्याण्ड र अफगानिस्तानसंग ठुलो योगफल बनाउन असफल रहे र बलरहरुले पनि उत्कृस्ट प्रदर्शन नगर्दै दुवै टिमसंग हार बेहोर्नुपर्यो। बलरहरुले सुरुवाती विकेटहरु दिलाउन नसक्नु चिन्ताको बिषय हो त्यसपछि कप्तान पारस खड्का जसले ६ खेलमा कुल २३१ रन बनाए, त्यस बाहेक अन्य ब्याट्सम्यानहरुले खासै रन बनाउन सकेनन्।

सन्दिपको प्रसंशा

प्रतियोगितामा सन्दिप लामिछानेको प्रदर्शनको चर्चा गर्दै आईसीसीले यस्तो लेखेको छ –

सन्दिपबाट प्रतियोगितामा राम्रो प्रदर्शनको आशा गरिएको थियो जसअनुसार उनले नेपालको लागि सर्वाधिक विकेट लिए जुन क्रममा ६ खेलमा १३ विकेट आफ्नो नाम गरे। ४.१४ को इकोनोमिले बलिंग गरेका मात्र १७ बर्षिय लामिछानेले जहाँ पनि खेल्दा चर्चा कमाएका छन्। नेपालले खेलेको सबैभन्दा ठुलो प्रतियोगिता मध्ये एक प्रतियूगितामा सन्दिपले कप्तान पारस खड्कासंग काँधमा काँध मिलाएर प्रदर्शन गरे र नेपाललाई अघि बढाए। यो पक्कै पनि युवा प्रतिभाशाली बलरको लागि राम्रो संकेत हो।

Share Now

Leave a comment.