बेइजिड.(चीन), ४ चैत्र । चीनका प्रधानमन्त्री ली खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चीनको नेशनल कांग्रेसले उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो बरियतामा रहेका लि खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनी आइतबार दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । चीनमा प्रधानमन्त्री संवैधानिक पद हो । कार्यकारी पदमा राष्ट्रपति रहन्छन् र सी जिनपिङ पनि फेरि राष्ट्रपतिमा चयन भएका छन् । नेशनल कांग्रेसमा ली प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि २ हजार ९ सय ६४ मत पाएर विजयी भए । उनको विपक्षमा मात्रै २ मत खसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री चीनको प्रमुख वित्त अधिकारी हुने परम्परा छ ।
तर राष्ट्रपति सीले भने प्रधानमन्त्रीका धेरै महत्वपूर्ण काममा पनि आफ्नो पकड कायम गरेका छन् । राष्ट्रपति सीलाई माओत्स सेतुङपछि चीनको सबैभन्दा प्रभावशाली नेताको रुपमा लिने गरिएको छ । एजेन्सीबाट