Prakash Adhikari July 24, 2022

 

कचनाकवल(झापा), ८ श्रावण । झापाको कचनकवल गाउँपालिका ५ पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो ।

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए ।

पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए ।

आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

घटनास्थल नेपाल भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.