Prakash Adhikari July 24, 2022

काठमाडौं, ८ श्रावण । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले ‘लेजेण्ड्स लिग क्रिकेट प्रतियोगिता’ खेल्ने भएका छन् ।
प्रतियोगिता आगामी सेप्टेम्बरमा ओमानको मस्कटमा हुने भएको छ ।

क्रिकेटको व्यवसायिक खेलबाट अवकाश लिएका प्रतिष्ठित खेलाडीहरुको विचमा खेलाइने यो प्रतियोगिता एब्सुलुट लेजेण्ट्स स्पोर्टस् प्रा.लिले आयोजना गर्ने छ । यसको कमिशनारमा भारतका पूर्व क्रिकेटर तथा भारतको पुरुष क्रिकेट टिमका प्रशिक्षक रहेका रवि शास्त्री हुुनुहुन्छ ।

पहिलो सिजनमा तीन टिमबीच भएको यो प्रतियोगिता यसपटक निजी स्वामित्वका ४ नयाँ टिमको सहभागिता हुने बताइएको छ ।

पारसले खेल्ने टिमको नाम भने केही दिनभित्र सार्वजनिक हुनेछ ।

प्रतियोगिताको पहिलो सिजनका खेलहरु गत जनवरीमा ओमानमा सम्पन्न भएका थिए ।

लिगमा पारससहित ५० जना लिजेन्ड खेलाडी सहभागी हुने आयोजकको भनाइ छ । हाल नेपालको बलिङ प्रशिक्षक रहेका धम्मीका प्रसाद पनि लिगमा सहभागी हुनेछन् । यस्तै चामिन्डा भास, थिसरा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह लगायत खेलाडी पनि सहभागी हुने बताइएको छ।

गत वर्षको साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले तीन वर्षअघि नेपालको कप्तानबाट राजीनामा दिएका थिए ।

२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान बन्न सफल भए । उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो ।

१० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए ।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसपछि पारस पहिलो पटक मैदान उत्रनेछन्

Share Now

Leave a comment.