काठमाडौं, ९ श्रावण । नेपालमा कोरोना संक्रमणको दर पछिल्ला दिनमा दिनहुँ बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा ५ ुसय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ४ हजार ८ कोरोना परीक्षण गर्दा ५ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ८४ पीसीआर परीक्षण गर्दा ४ सय ५३ र १ हजार ७ सय १६ एन्टीजेन परीक्षण गर्दा १ सय १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा एक जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ५१.९३ प्रतिशत काठमाडौं उपत्यकामा मात्रैमा पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये काठमाडौंमा २ सय ४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना रहेका छन् ।
त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये उपत्यकामा मात्रै २ हजार ४ सय १९ जना रहेका छन् । काठमाडौंमा १ हजार ९ सय ७६, भक्तपुरमा १ सय २, ललितपुरमा ३ सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणमा परेका सक्रिय सङ्क्रमितहरुको संख्या शून्य रहेका जिल्ला छ पुगेको छ ।


















