काठमाडौ, ९ श्रावण। मौद्रिक नीति सार्वजनिक भएपछिको दास्रो कारोबार दिन पनि नेपालको शेयर बजार उकालो लागेको छ।
आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२।९६ बिन्दुमा पुगेर रोकिएको छ ।आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ ।
कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २ सय १४ कम्पनीको ६४ हजार २ सय ३१ कित्ता सेयरको खरिदविक्रीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका कम्पनीहरु मध्ये १३ वटा उपसमूहको उपपरिसूचक बढेका छन्।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,411.71 | 21.51 | 1.55 |
| Development Bank Index | 3,865.52 | 213.38 | 5.84 |
| Finance Index | 1,887.76 | 138.19 | 7.90 |
| Hotels And Tourism Index | 2,846.89 | 75.67 | 2.73 |
| HydroPower Index | 2,488.97 | 107.13 | 4.50 |
| Investment Index | 69.24 | 1.74 | 2.59 |
| Life Insurance | 10,030.62 | 210.79 | 2.15 |
| Manufacturing And Processing | 5,444.22 | 170.09 | 3.22 |
| Microfinance Index | 4,846.68 | 185.98 | 3.99 |
| Mutual Fund | 15.00 | 0.10 | 0.68 |
| Non Life Insurance | 8,363.42 | 125.77 | 1.53 |
| Others Index | 1,615.68 | 14.39 | 0.90 |
| Trading Index | 2,120.28 | 50.38 | 2.43 |
सोमबार ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।
यस दिन, नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्योदय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोर्दी हाइड्रो, मानुषी लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको हो । एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
Top Gainers
यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । मञ्जुश्री फाइनान्स को डिबेञ्चर,कुमारी बैंक डिबेञ्चर,सिभिल बैंक डिबेञ्चर, सानिमा लार्ज क्याप फण्ड,लक्ष्मी उन्नति कोष, आइसीएफसी डिबेञ्चर, एनआईबीएल प्रगतिफण्ड, राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड १,सानिमा ब्लु चिप फण्ड ५र युनिलिभरको शेयरमूल्य सबैभन्दा बढी घटेका् छ ।
Top Losers
Top Turnover
सोमबार सबैभन्दा धेरै अंकको कारोबार हुने कम्पनीहरुमा शिभम् सिमेण्ट्स, अरुणकाबेली पावर, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिष्टिलरी,माथिल्लो तामाकोशी,अपि पावर, गोर्खा फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रो, र अरुण झ्याली हाइड्रो पावर रहेका छन् ।


















