काठमाडौं, १० श्रावण । मौद्रिक नीति जारी भएपछि दुई दिन लगातार बढेको नेपालको शेयर बजार मंगलबार पुन ओरालो गति समातेको छ ।
मंगलबार सेयर बजारको परिसूचक ४४.८० अंक घटेर २०८८.१६ बिन्दुमामा झरेको छ ।
मंगलबार कारोबार रकम पनि घटेको छ । यस दिन ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब १० करोडको भएको थियो ।
यसदिन २ सय २२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता शेयरको किनबेचबाट ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३ सय ९८ रुपैया २४ पैसाको कारोबार भएको थियो ।
यस दिन १ सय ६५ कम्पनीको मूल्य घट्यो भने १५ को बढ्यो ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका सबै उपसमूहको उपपरिसूचक घटेका छन् ।मंगलबार बैंकिङ २५, विकास बैंक ११४, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा १३३, उत्पादन ९४, लघुवित्त ११०, निर्जीवन बीमा १०३, अन्य ५७ र ब्यापार ५० अंक घटे ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,386.42 | -25.28 | -1.79 |
| Development Bank Index | 3,751.11 | -114.41 | -2.96 |
| Finance Index | 1,835.42 | -52.34 | -2.77 |
| Hotels And Tourism Index | 2,768.02 | -78.87 | -2.77 |
| HydroPower Index | 2,440.65 | -48.31 | -1.94 |
| Investment Index | 67.46 | -1.77 | -2.56 |
| Life Insurance | 9,900.63 | -133.71 | -1.33 |
| Manufacturing And Processing | 5,350.06 | -94.16 | -1.73 |
| Microfinance Index | 4,736.19 | -110.49 | -2.28 |
| Mutual Fund | 14.81 | -0.19 | -1.23 |
| Non Life Insurance | 8,259.91 | -103.51 | -1.24 |
मल्टिपर्पोज फाइनान्स, सूर्योदय वोमी माइक्रो फाइनान्स,युनाइटेड मोदी, समृद्धि फाइनान्स,बलेफी हाइड्रो,माउण्टेन इनर्जी, सामलिड. पावर,गोर्खा फाइनान्स,कुमारी बैंक लिमिटेड डिबेञ्चर ८६, नबिल बैंक डिबेञ्चर ८५ को मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढेको छ ।
Top Gainers
यस्तै यस दिन गणपति माइक्रो फाइनान्स, सबैको लघुवित्त, रिभर फल्स पावर,प्रोग्रेसिभ फाइनान्स लि.गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, मितेरी विकास बैंक, नेपाल फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, गुडविल फाइनान्स र इमर्जिड. नेपालको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढी घटेका छन् ।
Top Losers
यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा शिभम् सिमेण्ट, अरुणकाबेली पावर,हिमालयन डिष्टिलरी,राँधी,युनाइटेड मोदी हाइड्रो पावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल, नेपाल रिइन्स्योरेन्स कम्पनी र गोर्खा फाइनान्स रहेका छन् ।
Top Turnover


















