Prakash Adhikari August 1, 2022

 

काठमाडौं, १५ श्रावण । वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो ।

आइतबार आयोग पुगेर नेकपा एकता राष्ट्रिय अभियान पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको हो । यो पार्टीको चुनाव चिह्न अर्ध गोलाकारभित्र तीन वटा धानको झुलेको बाला रहेको छ ।

पार्टीका प्रवक्ता निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा २५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाइएको छ ।

Share Now

Leave a comment.