Prakash Adhikari August 2, 2022

बेनी(म्याग्दी), १७ श्रावण । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा  आइतबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्।

घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिरामा परेर घाइते हुनुभएको छ। घमबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता हुनुभएको छ।स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभएको छ ।

घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ। रासस

 

Share Now

Leave a comment.