Prakash Adhikari August 11, 2022

चैनपुर(बझाड.), २६ श्रावण । बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनाका प्रारम्भिक जानकारी सार्वजनिक भएको छ ।

घटनास्थलमा रहेको ईलाका प्रहरी कार्यालय बुंगलको टोलीले दिएको जानकारी अनुसार बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीय छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएकी थिइन।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले दिनुभएको जानकारी अनुसार मृतक गीताका श्रीमान पुष्कर पार्की मंगलबार मात्रै भारतबाट घर पुगेका थिए ।

घरखर्च चलाउन भारतमा मजदुरी गर्न गएका पुष्करको ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित र श्रीमति गीता घरमै थिए ।

भारतको पिथौरागढमा काम गरिरहेका पुष्कर मंगलबार राति घर फर्किए। मध्यराति १२ बजेतिर उनी घर पुगेका थिए ।

बिहान उठ्दा उनी श्रीमती र दुई साना छोराछोरी घरभन्दा १ सय ५० मिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए।

बुंगल नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिशबहादुर सिंहका अनुसार पिथौरागढबाट फर्किएपछि राति १२ बजेतिर श्रीमतीसँगै खाना खाएका रहेछन् । पछि के भयो खुलेको छैन । ‘बिहान घाँस काट्न गएका छिमेकीले उनीहरूलाई रुखमा झुण्डिएको देखे

सानो रुखमा छोराछोरी दोपट्टा र आमा गीता डोरीले झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बुधबार बिहान ६ बजेतिर घाँस काट्न गएकाहरूले गीता र उनका छोराछोरी रुखमा झुण्डिएको देखेपछि श्रीमान् पुष्कर र गाउँलेलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो ।

तद्पश्चात घटनास्थलमा स्थानीय इलाका प्रहरी कार्यालय बुंगलको टोली पुग्यो। बुधबार बेलुका जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थी नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ।

गीताले छोराछोरी सहित आत्महत्या गरेकी हुन् वा कसैले हत्या गरेर झुण्ड्याइएको हो यकिन हुन सकेको छैन।

Share Now

Leave a comment.