Prakash Adhikari August 11, 2022

काठमाडौं, २६ श्रावण (रासस) । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ।

पर्साको बीरगञ्ज आइपुगेको ५ हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो।

दुई चरणमा गरी बीरगञ्ज ल्याइएको कूल ५ हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो।

‘बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ’, उहाँले भन्नुभयो। उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ।

कार्यालयले मधेश प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ।
विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ।

रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो।
ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा बीरगञ्ज ढुवानी हुँदै आएको छ।

सबै मल आएपछि मधेस प्रदेशका लागि ३२.०२ प्रतिशत अर्थात् ६४५.४ मेट्रिक टन प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिनुभयो ।

ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेश प्रदेशमा ८ हजार ५ सय मेट्रिक टन वितरण गरिने छ ।

पर्साका लागि भने ८ स ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि १ हजार मेट्रिक टन (२ हजार बोरा) मल वितरण गरिने छ ।

 

Share Now

Leave a comment.