Prakash Adhikari August 13, 2022

काठमाडौं, २८ श्रावण । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकर आज नेपाल आउदै हुनुहुन्छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकर आज साँझ नेपाल आइपुग्ने बताएको छ।

नेपाल क्रिकेट संघले हालै भारतका अलराउण्डर तथा भारतको प्रतिष्ठित रजनी ट्रफि विजेता प्रशिक्षक मनोज प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उहाँले खेल जीवनमा ३९ टेष्ट खेल र १ सय ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।

उहाँसंग अफगानिस्तान क्रिकेट टिमको साथै रजनी ट्रफीमा दिल्ली, राजस्थान र उत्तरप्रदेशको प्रशिक्षक रहेको अनुभव छ ।

उहाँले आफू नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालमा क्रिकेट खेलप्रति बढ्दो रुचि, नेपाली खेलाडीहरुको उत्कृष्टता र कौशल देखेर आफू नेपाली क्रिकेट टिमसंग काम गर्न उत्सुक रहेको बताउनुभएको छ ।

मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको केन्या भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो।

Image

नेपालले यही अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा पाँच टी २० र ३ एक दिवसीय खेल खेल्ने तालीका सार्वजनिक भैसकेको छ । सार्वजनिक खेल कार्यक्रम अनुसार नेपाली क्रिकेट टिमले अगष्ट २५ देखि ३१ सम्म टी २० खेल्ने छ भने सेप्टेम्बर २ देखि ५ सम्म टीन एक दिवसीय खेल खेल्ने छ ।

केन्या भ्रमणका लागि नेपाली टोली चयन भैसकेको छ । नेपाल क्रिकेट एशोसिएसनले केन्या भ्रमणको लागि क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करन के.सी, आरिफ शेख,सोमपाल कामी, बसिर अहमद, पवन सर्राफ, सहाब आलम,देव खनाल, आदिल आलम, अर्जुन साउद,किशोर महतो, विवेक यादव रहेको टोली चयन गरिसकेको छ । भने रिजर्भमा जितेन्द्र मुखिया, भीम सार्की, हरिशंकर साह, प्रतिस जी.सी.लाई राखेको छ ।

Image

केन्या भ्रमणका लागि छानिएको टोली प्रशिक्षणको लागि बिहीबार नै होटल हायात प्यालेसमा पुगिसकेको छ।

Share Now

Leave a comment.