सानेपा(ललितपुर), ५ भाद्र । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ ।
कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई आज पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आर्यघाटमा अन्तिम सस्कार गर्ने कार्यक्रम रहेको छ ।


















