Prakash Adhikari August 21, 2022

काठमाडौं, ५ भाद्र । शनिवार प्राण त्याग गर्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आइतबार अपरान्ह राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उहाँको पार्थिव शरीरमा मुखाग्नी दिंदा उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताउनुभयो ।

‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो ।

गिरिलाई उहाँका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिनुभएको हो

उहाँप्रति श्रद्धाञ्जली दिन संघीय सरकारका मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेता गिरीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति आर्यघाटमा रहेको थियो।

स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उच्च पदस्थ व्यक्ति र उहाँलाई श्रद्धा गर्नेहरु आर्यघाटमा पुगेका थिए ।

अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उहाँकी श्रीमती भारती सिल्वाल गिरी पनि आर्यघाट पुग्नुभएको थियो।

समाजवादी चिन्तक गिरीको शनिबार राति क्यान्सर रोगका कारण ७५ वर्षको उमेरमा निधन भएको थियो।

Share Now

Leave a comment.