नैरोबी(केन्या), ९ भाद्र । नेपाल र केन्याबीचको क्रिकेट श्रृखला आजदेखि सुरू हुँदैछ।
नेपाल र केन्याबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरू हुनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले केन्या भ्रमणमा छ । अफ्रिकी मुलुक केन्या भ्रमणमा नेपाली राष्ट्रिय टिमले केन्याको राष्ट्रिय टिमसंग पाँच टी २० र तीन एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ ।
नेपालले पहिलो आज पहिलो टी–२० खेल्दा दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।
चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।
Preparations done. All set for the series ahead.🇳🇵vs 🇰🇪 #NepalvsKenya pic.twitter.com/qTK98QDEmE
— Sandeep Lamichhane (@Sandeep25) August 24, 2022
नेपाली टिमका ११ खेलाडी मात्र हाल केन्या पुगेका छन् । ११ खेलाडीसहित १४ जनाको टोली मंगलबार केन्या पुगेको हो ।
भिसा समस्या कारण बाँकी खेलाडी आज नैरोबी पुग्ने भएका छन् ।
नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसँगै उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।
नेपाल र केन्याबीच पहिलो पटक टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो ।
नेपाल र केन्याबीच टी २० मा आमनेसामने नभएको ९ बर्ष भैसकेको छ । यसअघि नेपाल र केन्या सन २०१३ को टी २० विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। शरद भेषवाकरले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गरेपछि खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
एकदिवसीयमा भने नेपाल र केन्या तीन वर्षअघि भिडेका थिए।
नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल हुन लागेको हो ।
एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी २० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी २० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस खेल खेलेका एक मात्र खेलाडी ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिममा छन् । त्यो खेल नेपालको लागि धेरै अर्थपूर्ण पनि थियो ।
शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरमा जितका लागि नेपाललाई १७ रन आवश्यक थियो । शरदले अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।
त्यही खेलबाट शरदले मिस्टर फिनिसिरको उपनाम पाएका थिए । शरदको उत्कृष्ट फिनसिङले केन्याका राकेप पटेलको शतक नै छायामा परेको थियो ।
त्यसअघि सन् २०१२ मा भएको टी २० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
एकदिवशीयतर्फ भने सन् २०१८ फेब्रुअरीमा नामिबियामा भएको विश्वक क्रिकेट लिग डिभिजन टुमा नेपाल र केन्याबीच खेल भएको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो ।
केन्यासंगको खेलले नेपालको गिर्दै गएको स्तरमा सुधार हुने अपेक्षा गरिएको छ । यो श्रृखला नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न र नेपाली खेलाडीलाई प्रशिक्षकसंग तादात्मय मिलाउन निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ।


















