नैरोबी(केन्या), ९ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आतिथेय मुलुक केन्याले पहिलो टी २० खेलमा नेपालसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
१७ औं ओभरको तेस्रो बल खेल्दा नेपालले ४ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ ।
घरेलु क्रिकेट मैदान जिमखाना क्लब ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रनमात्र बनाएको हो।
केन्याका , इर्फान करिमले ३४, लुकास ओलुचले ३१, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, कोलिन्स ओबुयाले १२ राकेप पटेलले ९, एलेक्स ओबान्डाले ६ रनको योगदान गरे।
केन्यालाई रोक्ने क्रममा नेपालका सोमपाल कामीले ४ ओभरको बलिड.मा ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङमा २ विकेट लिए। खेलमा दीपेन्द्र सिंह ऐरी, आदिल अन्सारीले १÷१ विकेट लिए। पवन सर्राफ, विवेक यादव र करण केसीले भने विकेटबिहिन रहे ।


















