Prakash Adhikari August 27, 2022

काठमाडौं, १० भाद्र। केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम टी २० श्रृखला अन्तरगतको दोस्रो खेलमा घरेलु टोली केन्यासंग पराजित भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो ।

खेलमा केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २० । २० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।

सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेदले खाता खोल्न भ्याएनन् ।

नेपाललाई रोक्ने क्रममा केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २ । २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे ।

केन्यालाई रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३ । ३ विकेट लिए । करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

यस जितसँगै केन्याले ५ खेलको टी २० श्रृखलामा १। १ को बराबरी गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्या र नेपालबीचको खेल तालिका

तेस्रो टि२० आई खेलः भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेलः भदौं १३ (अगष्ट २९)

पाँचौं टि२० आई खेलः भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसीय खेल

पहिलो खेलः भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेलः भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेलः भदौ २० (सप्टेम्बर ५)

Share Now

Leave a comment.