Prakash Adhikari August 28, 2022

काठमाडौं, १२ भाद्र । दिगो विकासका मूल्य मान्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंक एनएमबीले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी समूहको जलवायु कोष(क्याइमेट फण्ड)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबी बैंक बिआईआईबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक हो ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्धत पुग्ने बैंकले जनाएको छ ।

यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ कालागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकको हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

Share Now

Leave a comment.