नैरोबी(केन्या), १२ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले टी २० श्रुखलाको तेस्रो खेलमा आतिथेय मुलुकबाट १ सय ५७ रनको लक्ष्य पाएको छ ।
केन्याको राजधानी नैरोबीस्थित जिमखानामा भएको खेलमा टस जितेर केन्याले पहिले ब्याटिड. रोजेको थियो ।
केन्याका लागि राकेव पटेलले ७३, इफ्रान करिमले ५५, कोलिन्स ओबुयाले १४ र सुखदेव सिंहले ८ रनको योगदान दिए ।
आजको खेलमा नेपालको बलिड. चलेन । २० ओभरको खेलमा १२० बल फाल्दा नेपाली बलरहरुले जम्मा २ विकेट लिन सके । विकेट झार्न नसकेकोले केन्यालाई रन बनाउन मद्दत पुग्यो ।
केन्यालाई रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिएका थिए ।
KEN – 156/2
| Player | R(B) | 4s | 6s | SR |
| Sukhdeep Singh | 8(12) | 1 | 0 | 66.67 |
| c Lamichhane b Sompal Kami | ||||
| Collins Obuya | 14(18) | 1 | 1 | 77.78 |
| b Aadil Ansari | ||||
| Irfan Karim | 55(47) | 4 | 2 | 117.02 |
| not out | ||||
| Rakep Patel | 73(43) | 5 | 5 | 169.77 |
| not out | ||||
Extras 6
Total 156
| Bowler | O | M | R | W |
| Sompal Kami | 3 | 0 | 16 | 1 |
| Karan KC | 3 | 0 | 20 | 0 |
| Lamichhane | 4 | 0 | 42 | 0 |
| Shahab Alam | 4 | 0 | 28 | 0 |
| Aadil Ansari | 1 | 0 | 4 | 1 |
| Pawan Sarraf | 2 | 0 | 9 | 0 |
| Dipendra Singh | 3 | 0 | 31 | 0 |
| Wkt | Runs | Ovs | Player |
| 1 | 22 | 4.2 | Sukhdeep Singh |
| 2 | 29 | 5.6 | Collins Obuya |
आजको खेलमा नेपालले मैदानमा कप्तान सन्दीप लामिछाने,उपकप्तान रोहित पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दीपेन्द्रसिंह ऐरी, करन के.सी.,सोमपाल कामी, पवन सर्राफ,आरिफ शेख, अर्जुन साउद(विकेट किपर), शाहब आलम र आदिल अन्सारीलाई उतारेको थियो । आज बसिर अहमत,किशोरी महतो,विवेक यादव,देव खनाल ,आशिफ शेख र मोहम्मद आदिल आलम बेञ्चमा रहेका थिए ।
त्यस्तै केन्याले कप्तान शेम न्गोचे,विकेट किपर इफ्रान करिम,कोलिन ओबुया, राकेप पटेल,सचिन भुदिया,सुखदेव सिंह, मेहमैयह ओधियाम्बो,लुकास ओलुच,इम्यानुअल बुण्डी,युजिन ओचिइन र विराज पटेललाई मैदानमा उतारेको थियो ।
केन्याका अलेक्स ओबन्द,नेल्सन ओधियाम्बो र इलिजा ओटिइन्टोलाइ बेञ्चमा राखेको थियो ।
यस अगाडि शुक्रबार भएको खेलमा नेपाल केन्यासंग १८ रनले पराजित भएको थियो भने बिहिबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।


















