नैरोबी(केन्या), १२ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले टी २० श्रृखलाको तेस्रो खेल जितेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आतिथेय मुलुक केन्यालाई ४ विकेटले पराजित गरेको हो ।
केन्याको राजधानी नैरोबीस्थित जिमखानामा भएको खेलमा टस जितेर पहिले ब्याटिड. रोजेको केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेको थियो ।
नेपालको लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, उपकप्तान रोहित पौडेलले २९, पवन सर्राफले २०, आदिल अन्सारीले १६,दीपेन्द्रसिंह ऐरीले ६ र आरिफ शेखले ४ रनको यागदान दिए ।
नेपाललाई रोक्ने क्रममा केन्याका युजिन ओचिइनले २ तथा इम्यानुअल बन्दी र कोलिन ओबुयाले एक एक विकेट लिएका थिए ।
Kenya vs Nepal, 3rd T20I
Total 160
(19.3 ovrs, 6 Wkts) RR 8.21
|
|
|
|
| 1 |
35 |
3.2 |
Pawan Sarraf |
| 2 |
77 |
10.1 |
Arjun Saud |
| 3 |
83 |
10.6 |
Dipendra Singh Airee |
| 4 |
137 |
17.1 |
Rohit Paudel |
| 5 |
148 |
18.2 |
Gyanendra Malla |
| 6 |
156 |
19.2 |
Aadil Ansari |
यस अगाडि टस जितेर ब्याटिड. रोजेको केन्याले २० ओभरको निर्धारित खेलमा २ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो ।
केन्याका लागि राकेव पटेलले ७३, इफ्रान करिमले ५५, कोलिन्स ओबुयाले १४ र सुखदेव सिंहले ८ रनको योगदान दिए ।
आजको खेलमा नेपालको बलिड. चलेन । २० ओभरको खेलमा १२० बल फाल्दा नेपाली बलरहरुले जम्मा २ विकेट लिन सके । विकेट झार्न नसकेकोले केन्यालाई रन बनाउन मद्दत पुग्यो ।
केन्यालाई रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिएका थिए ।
KEN – 156/2
Total 156
(20 ovrs, 2 Wkts) RR 7.8
|
|
|
|
| 1 |
22 |
4.2 |
Sukhdeep Singh |
| 2 |
29 |
5.6 |
Collins Obuya |
आजको खेलमा नेपालले मैदानमा कप्तान सन्दीप लामिछाने,उपकप्तान रोहित पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दीपेन्द्रसिंह ऐरी, करन के.सी.,सोमपाल कामी, पवन सर्राफ,आरिफ शेख, अर्जुन साउद(विकेट किपर), शाहब आलम र आदिल अन्सारीलाई उतारेको थियो । आज बसिर अहमत,किशोरी महतो,विवेक यादव,देव खनाल ,आशिफ शेख र मोहम्मद आदिल आलम बेञ्चमा रहेका थिए ।
त्यस्तै केन्याले कप्तान शेम न्गोचे,विकेट किपर इफ्रान करिम,कोलिन ओबुया, राकेप पटेल,सचिन भुदिया,सुखदेव सिंह, मेहमैयह ओधियाम्बो,लुकास ओलुच,इम्यानुअल बुण्डी,युजिन ओचिइन र विराज पटेललाई मैदानमा उतारेको थियो ।
केन्याका अलेक्स ओबन्द,नेल्सन ओधियाम्बो र इलिजा ओटिइन्टोलाइ बेञ्चमा राखेको थियो ।
यस अगाडि शुक्रबार भएको खेलमा नेपाल केन्यासंग १८ रनले पराजित भएको थियो भने बिहिबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।