Prakash Adhikari March 20, 2018

 

विराटनगर, ६ चैत । प्रदेश नं १ को मन्त्रिपरिषद्को मंगलबार पाँच सदस्यीय कानुन मस्यौदा सुझाव समिति गठन सहित चारवटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो । बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कानून मस्यौदा सुझाव समिति गठन गरेको छ ।

यस्तै प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए ।

त्यस्तैप्रदेश मन्त्रिपरिषद्को बैठकले विनियोजिन विधेयक–२०७४ का लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयकको मस्यौदा स्वीकृत गरी भोलि बस्ने प्रदेशसभाको वैठकमा पेश गर्र्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले चैत मसान्तभित्र सबै कानून निर्माण गरिसक्ने प्रवक्ता कार्कीले बताए ।

Share Now

Leave a comment.