Prakash Adhikari August 30, 2022

नैरोबी(केन्या), १४ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले पाँँच खेलको टी २० अन्तर्र्राष्ट्रिय श्रृखला जितेको छ।

मंगलबार भएको पाँचौ खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३ २ ले श्रृखला जितेको हो।

खेलमा टस जिटेर ब्याटिडं रोजेको नेपालले दिएको १ सय ७६ रनको लक्ष्य केन्या पुरै ओभर खेलेर पनि हासिल गर्न सकेन । उसले ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।

केन्याका लागि नेहिमियाह ओधियाम्बोले ३७, शेम न्यागोचेले ३३, इरफान करिम २८,कोलिन्स ओबुयाले २३ रन बनाए ।खेलमा नेल्सन ओधियाम्बोले १३,लुकास ओलुओच र सुखदीप सिंहले ४ ।४ , राखेप पटेलले १ रन बनाए भने सचिन बुदिथयाले खाता खोल्न सकेनन् ।

केन्यालाई रोक्न नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले २ । २ विकेट लिए भने करण केसी, दीपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले समान १ । १ विकेट लिए।


KENYA INNINGS (Target: 176 runs from 20 overs)
BATTING R B 4s 6s SR
Collins Obuya  c Sompal Kami b Airee 23 30 1 0 76.66
Sukhdeep Singh  b Karan KC 4 6 0 0 66.66
Irfan Karim † c †Saud b Mohammad Aadil Alam 28 29 3 0 96.55
Rakep Patel  c Sarraf b Lamichhane 1 2 0 0 50.00
Sachin Bhudia  c Mohammad Aadil Alam b Lamichhane 0 1 0 0 0.00
Nehemiah Odhiambo  c & b Basir Ahamad 37 22 4 1 168.18
Lucas Oluoch  b Basir Ahamad 4 7 0 0 57.14
Shem Ngoche (c) not out 33 18 3 2 183.33
Nelson Odhiambo  not out 13 5 1 1 260.00
Extras (w 1) 1
TOTAL 20 Ov (RR: 7.20) 144/7
Did not bat: Vraj PatelElijah Otieno
Fall of wickets: 1-8 (Sukhdeep Singh, 1.3 ov), 2-53 (Irfan Karim, 9.3 ov), 3-54 (Rakep Patel, 10.1 ov), 4-55 (Sachin Bhudia, 10.4 ov), 5-71 (Collins Obuya, 12.3 ov), 6-86 (Lucas Oluoch, 15.1 ov), 7-113 (Nehemiah Odhiambo, 17.6 ov)
BOWLING O M R W ECON WD NB
Sompal Kami 3 0 28 0 9.33 0 0
Karan KC 2 0 6 1 3.00 0 0
Mohammad Aadil Alam 3 0 12 1 4.00 0 0
Bibek Yadav 1 0 12 0 12.00 1 0
Sandeep Lamichhane 4 0 26 2 6.50 0 0
Basir Ahamad 4 0 30 2 7.50 0 0
Dipendra Singh Airee 3 0 30 1 10.00 0 0

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको थियो।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । त्यस्तै उपकप्तान रोहित पौडेलले ४७ रन , अर्जुन साउदले २९, दीपेन्द्रसिंह ऐरीले २२, मोहम्मद आदिल आलमले ४, विवेक यादव र करन के.सी.ले २ । २ तथा पवन सर्राफले १ रनको योगदान गरे । सोमपाल कामी शून्य रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले बनाएको ५९ रन यो सिरिजकै सर्वाधिक रन हो।

नेपाललाई रोक्न केन्याका नेहेमियाह ओधियाम्बो,शेम निगोचे र ब्रज पटेलले २ /२ तथा लुकास ओलिउचले एक विकेट लिए ।


NEPAL INNINGS (20 overs maximum)
BATTING R B 4s 6s SR
Gyanendra Malla  c Patel b Vraj Patel 59 44 5 2 134.09
Arjun Saud † st †Karim b Ngoche 29 21 4 1 138.09
Dipendra Singh Airee  c Singh b Vraj Patel 22 18 3 0 122.22
Rohit Paudel  c Singh b NN Odhiambo 47 25 7 0 188.00
Pawan Sarraf  b Ngoche 1 2 0 0 50.00
Mohammad Aadil Alam  b Oluoch 4 7 0 0 57.14
Bibek Yadav  c Bhudia b NN Odhiambo 2 2 0 0 100.00
Karan KC  not out 2 2 0 0 100.00
Sompal Kami  not out 0 0 0 0
Extras (lb 1, nb 1, w 7) 9
TOTAL 20 Ov (RR: 8.75) 175/7
Fall of wickets: 1-65 (Arjun Saud, 7.6 ov), 2-105 (Dipendra Singh Airee, 12.5 ov), 3-125 (Gyanendra Malla, 14.2 ov), 4-129 (Pawan Sarraf, 15.2 ov), 5-170 (Mohammad Aadil Alam, 18.5 ov), 6-173 (Bibek Yadav, 19.2 ov), 7-173 (Rohit Paudel, 19.4 ov)
BOWLING O M R W ECON WD NB
Elijah Otieno 3 0 29 0 9.66 1 0
Lucas Oluoch 3 0 25 1 8.33 3 0
Nehemiah Odhiambo 2 0 19 2 9.50 0 0
Shem Ngoche 4 0 33 2 8.25 0 0
Vraj Patel 4 0 23 2 5.75 0 0
Nelson Odhiambo 3 0 33 0 11.00 3 1
Collins Obuya 1 0 12 0 12.00 0 0

नेपालले पहिलो खेलमा ५ विकेटले विजयी बन्यो भने तेस्रोमा ४ विकेटले । दोस्रो खेलमा नेपाल १८ रनले पराजित भयो भने चौथोमा ७ रनले ।

प्रदर्शनका हिसाबले नेपालले पहिलो खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गर्यो ।

दोस्रो खेलमा केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो। नेपाल १८ रनले पराजित भयो ।

खेलमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए ।

Image
तेस्रो खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेको थियो । चौथो खेलमा भने नेपालले केन्याले दिएको १ सय २ रनको लक्ष्य पनि पूरा गर्न नसकेर ७ रनले पराजित भयो ।

टी २० सेरिजको अन्तिम पाँचौ खेल जितेपछि नेपालले सेरित ३-१ ले जितेको छ ।

खेलमा प्लेयर अफ द सिरिजको उपाधि नेपालका क्याप्टेन सन्दीप लामिछानले जितेका छन् ।

अब नेपालले केन्यामा घटा एक दिवसीय खेलको श्रृखला खेल्ने छ ।

Image

Share Now

Leave a comment.