Prakash Adhikari August 31, 2022

काठमाडौं, १५ भाद्र। आईसीसी टी २० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।

आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी २० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो ।

ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी हुनुहुन्छ ।

यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दास पनि टुरमा सहभागी हुनुहुन्छ । ट्रफी हेर्न स्कुलका विद्यार्थीहरु समेत उपस्थित भएका थिए ।

ट्रफि प्रदर्शनमा रौनक थप्न धिमे बाजा, बाँजुरी र लाखे समेत देखाइएको थियो ।

ट्रफीलाई दरबार स्क्वायरबाट पाँचतेल मन्दिर पुर्‍याएर फेरि दरबार स्क्वावरमै ल्याइएको थियो ।

सोमबार नेपाल ल्याइएको ट्रफी हिजो (मंगलबार) काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो भने मंगलबारै बेलुका होटल हायतमा गाला डनर कार्यक्रम आयोजना गरिएको थियो ।‍

ट्रफीलाई गोक्यो ताल र कालापत्थर लैजाने भनिए पनि म‌ंगलबार मौसमको खराबीले हेलिकप्टर जान नसक्ने भएपछि ट्रफीलाई चन्द्रगिरिमा लगिएको हो ।

ट्रफीसँग नेपाल आनुभएका आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पुर्‍याउने उद्देश्यका साथ यो ट्रफी टुर गरिएको बताउनुभएको छ । ।

ट्रफी टुरमा सेट्टी र कलाकार सरोज खनाल पनि सहभागी हुनुहुन्छ ।

यसअघि सन् २०१८ मा एकदिवशीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको थियो ।

Share Now

Leave a comment.