काठमाडौं,२४ भाद्र । नेपाल वायुसेवा निगमले सगरमाथा जहाजको इञ्जिन मर्मतको लागि अन्तर्राष्ट्रिय टेण्डर माग गरेको छ ।
निगमको कन्टिन्युइड. एअरवर्दिनेश म्यानेजमेण्ट विभागले यही भाद्र १८गते शनिवार १२ दिनको अवधि राखेर सूचना निकालेको हो ।
सूचनामा जनाइए अनुसार आवेदकले प्रस्तावमा तीनमहिनासम्म कायम रहने मूल्य (प्रस्ताव पेश गरेको १ सय २०) राखेर प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्तावकले प्रस्तावसंग ३ हजार ५ सय डलरको बिड बण्ड पनि निगमको खातामा जम्मा गर्नुपर्ने छ । जुन प्रस्ताव पेश भएको २ सय १० दिनसम्म कायम रहने छ ।
यस बाहेक प्रस्तावकले कार्य सम्पादन बण्ड वापत १ लाख ७५ हजार डलर पनि राख्नुपर्नेछ । प्रस्तावकले प्रस्तावमा यी कुरा पनि संलग्न गर्नुपर्नेछः a) Company Profile along with MOE and capability list,(b) Scanned copy of declaration as per the format in Appendix-D in company letter head.(c) The company’s EASA/FAA approval certificates(d) Civil Aviation Authority of Nepal’s AMO Approval/ Validation Certificate (if available)(e) Financial Statement and Audit report of previous 3 years of the prospective supplier(f) Bid Bond letter/document (Refer to 4(b) above)(g) Local Representative nomination letter (if available)(h) Authorized signature and stamp (if available) of organization on all pages of submitted
quotation documents (along with this RFQ document)
निगमको 9N-AKW सकेत चिन्हको सगरमाथा जहाजको इञ्जिन S/N V-17585 मा ३१ जुलाई २०२२ मा समस्या आएपछि सोको बोरोस्कोपिक गर्दा इञ्जिनको ब्लेडहरु खिइएको देखिएको थियो । पछि इञ्जिन निर्माता कम्पनी आईएईसंग परामर्श गर्दा सो इञ्जिनको मर्मतसंभार गनुपर्ने अवधि आउन १० साइकल मात्र बाँकी भएको जानकारी दिएकोले सामान्य मर्मत गरी सो विमानलाई ६ साइकल चलाइएको थियो ।
सो इञ्जिन मर्मतसंभारको लागि छानिने वर्कसप नजिकको गन्तव्यमा जहाज लैजाने मनशाय राखेर ४ साइकल उडान अवधि बाँकी रहदै निगमले सो जहाज ३१ जुलाई देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ राखेको छ ।
निगमको इञ्जिन मर्मतको निर्णय गर्नका लागि सञ्चालक समितिको बैठक बस्न नसकेपछि कार्यकारी अध्यक्ष युुवराज अधिकारीले आफूमा निहित अधिकार प्रयोग गरी इञ्जिन मर्मतको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गर्नुभएको बताइएको छ ।