Prakash Adhikari September 10, 2022

काठमाडौं,२४ भाद्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मलेन, २०२२ को दोस्रो दिन (शुक्रबार) को ‘इन्फ्राइस्टक्चर मार्केटप्लेस’ सत्रमा नयाँ आइडिया प्रस्तुति पछि सचिव सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गर्नुभएको हो ।

‘तपाईंहरूले त्यस्तो आइडिया लिएर हामी कहाँ पनि आउनस् हामी लगानी गर्न तयार छौं,’ उहाँले भन्नु भयो ।

स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उहाँले बताउनुभयो । नयाँ युवाहरूलाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उहाँले बताउनुभयो । यस्तो कार्यक्रमले बजारमा नयाँ आइडिया सृजना गर्न मद्दत पुर्याउँने उहाँले बताउनुभयो ।

उक्त सत्रमा ५० वटा आवेदनबाट छनोट भएका १० मध्येबाट पनि उत्कृष्ट पाँच श्रेणीमा परेका पाँच जनाले आफ्नो आइडिया राखेका थिए।

पाँच वटा मध्ये एउटा घर बनाउने, दुई वटा ट्राफिक व्यवस्थापन र दुई वटा हार्बेस्ट सम्बन्धी आइडिया शेयर गरिएको थियो।

सुमन राज भारतीले घर बनाउ डट कम आइडिया सेयर गर्नुभयो । घर बनाउन अब झन्झट छैन। सामान किन्दा ठगिएला कि भन्ने डर पनि छैन। घर बनाउन आवश्यक प्रक्रियादेखि सबै सामान अनलाईन बजारमा पाइन्छ।

उहाँको आइडियामा जजहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए । उहाँले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दावी गर्नुभयो ।

जोसेप श्रेष्ठले हाइवे एण्ड एडप्टिक ट्राफिक म्यानेजमेन्ट कन्ट्रोल सिस्टम आइडिया सेयर गर्नुभयो ।उहाँको आइडियाअनुसार डिभाइस मार्फत गाडिको अनुगमन गर्न सकिने थियो। जजहरूले सर्भिस पछिको सेवा र त्यसको कसरी उपयोग गर्ने भन्नेबारे प्रश्न उठाउनुभएको थियो ।

अर्का आइडिया मास्टर सौरभ सिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गर्नुभयो ।त्यस्तै, कपिल अधिकारीले ट्राफिक ट्रयाकिङ सम्बन्धी आइडिया सेयर गर्नुभयो भने तथ्यांक संकलन गरेर कहाँबाट कस्ता गाडि गइरहेका छन् भनेर ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

पदम थापाले पनि ट्राफिक व्यवस्थापन सम्बन्धी आइडिया गर्नुभयो ।उहाँको गाडीको चाप भएको क्षेत्रमा अटोमेटिक रूपमा ट्राफिक लाइट परिवर्तन गराउने आइडिया थियो।

आइडिया मास्टर किरण गुरूङले धान रोप्ने मकै, कोदो काट्ने मेसिनको आइडिया प्रस्तुत गर्नुभयो ।

आइडिया मास्टरहरूको मूल्यांकनका लागि यातायात सचिव गोपाल प्रसाद सिग्देल सहितनेपाल ईन्जीनियर एसोसिएसनका अध्यक्ष इञ्जिनियर हरि बहादुर दर्लामी, पूर्वाधार विज्ञ इञ्जियर कमल राज पाण्डे, आर्किटेक्चर राजेश थापा, आर्किटेक्चर तुकलाल अधिकारी, नेपाल उद्योग परिसंघ युवा उद्घमी मञ्च अध्यक्ष प्राची अग्रवाल, नेपाल ईन्जीनियर एसोसिएसनका पुर्व अध्यक्ष डा. हरेराम श्रेष्ठ र आइडिया स्टुडियोका अध्यक्ष डा। तेर्सिङ लामा हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.