Prakash Adhikari September 10, 2022

काठमाडौं, २५ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित भएका कप्तान सन्दीप लामिछानेले नाम थर र ठेगाना गोप्य राखिएकी नाबालिक भन्ने युवतिले दिएको करणीको उजुरी आधारहिन भएको र त्यसको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

एक किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले मुख्य आरोपीसमक्ष बयान गर्ने प्रारम्भिक कार्य सम्पन्न नहुँदै अदालतबाट पक्राउ पूर्जी जारी गरेर विषयलाई अन्तर्राष्ट्रियकरण गरेपछि विश्वत्रिकेट समुदायसमक्ष आफ्नो निर्दोषिता सावित गर्न लालयित सन्दीपले भनेका छन् । “म पूर्णतः निर्दोष छु र नेपालको सम्मानित कानून र अदालतप्रति विश्वास गर्दछु । म सीपीएलबाट बिदा लिएर केही दिनमा नै नेपाल फर्कने निर्णय गरेको छु ।”

उनले अगाडि थपेका छन्, “म यो आधारहिन आरोपहरु सामना गर्न तयार छु । निर्दोषले न्याय पाउन सकून र हरेक संलग्नप्रति सही अनुसन्धान हुनुपर्दछ । कानून सबैका लागि समान रुपान क्रियान्वित हुनेछ भने आशा राख्दछु ।”

सन्दीपले नेपाल आएर आफ्नो कुरा राख्न पाउछन कि पाउदैनन यो भन्न सकिने अवस्था किन छैन भने जमैकामा रहेका उनलाई पक्राउ गर्ने पूर्जी प्रहरीले काठमाडौं जिल्ला अदालतबाट लिइसकेको छ ।

प्रहरलेले उनलाई एअरपोर्टबाटै गिरफ्तार गर्न सक्ने जोखिम छ । त्यसो भएमा उनले आफ्ना कुरा सञ्चारमाध्यम सामु राख्न पाउने छैनन ।

करणीमा परेकी भनिएकी किशोरीले पहिलो भेटमा आफूमाथि यौनदूराचार भयो भन्नु र घटना भएको १५ दिनपछि प्रहरीमा जाहेरी दिनुले धेरै आशंका जन्माएको छ ।

बजार घुमफिर गर्ने र रातबिरात पराईसग संगै बस्ने उनको बानी पहिलो भेटमा सन्दीपसंग भए जस्तै त्यस अगाडि र पछाडी अरुसंग भएको हुन सक्ने आशंका गरिएका अभिव्यक्तिहरु पनि सामाजिक सञ्जालमा बग्रेल्ती आएका छन् ।

त्यो दिनको भेट राष्ट्रिय टोलीको नेतृत्व गरि भोलिपल्ट केन्या जाने सन्दीपको आग्रहमा भएको हो कि किशोरीको आग्रहमा भएको हो यसले पनि घट्नामा को दोषी हो भन्ने छनक दिनेछ ।

आफन्तकहा छोडिदिन्छु भन्दा पनि नमान्ने, बसेको होस्टेलमा छोडिदिन्छु भन्दा पनि नमान्ने र रातिको समय संगै टाँसिएर बस्ने चाहना व्यक्त गर्ने ति किशोरी कतै कसैको इशारामा नेपाली क्रिकेटलाई विश्वसामु चिनाउदै गरेका र क्रिकेटको माध्यमबाट नेपालको राष्ट्रिय गौरव बढाउदै गरेका सन्दीपलाई सिध्याउन कसैद्धारा खटाइएकी विषकन्या त होइनन् भन्ने पनि प्रश्न उठेको छ ।

 

Image

Share Now

Leave a comment.