Prakash Adhikari September 12, 2022

काठमाडौं, २७ भाद्र । घरेलु मैदानमा भएको खेलमा प्रतिस्पर्धी श्रीलंकाको टिमलाई आधा दर्जन गोल ख्वाउदै नेपाली चेलीहरु साफ महिला च्याम्पियनसीको सेमिफाइनलमा पुगेका छन् ।

सोमबार अपरान्ह भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक एक गोल गरे ।

खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

सायद ११ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घाँस को तस्बिर हुनसक्छ

उनले हीराकुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।

नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३-० को दिलाइन् । पहिलो हाफको इन्ज्युरी समयमा दीपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको थियो ।

खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन् । अमिसाले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० गोलको जित दिलाइन् ।

नेपाल आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।

सायद ३ जना मानिसहरू, फुटबल खेलिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

Share Now

Leave a comment.