Prakash Adhikari September 13, 2022

 

काठमाडौं, २८ भाद्र । नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चिनिया जन कांग्रेसका अध्यक्ष लि चान्सुले नेपाल र चीनको व्यापारका लागि महत्वपूर्ण मानिएका रसुवा र तातोपानी नाका दशैं अघि नै खुलाउने पहल गर्ने वचन दिनुभएको छ ।

मंगलबार बिहान संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले गर्नुभएको आग्रहको प्रत्युत्तरमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालको राष्ट्रिय सभाका सांसद र चीनको जनकंग्रेसको प्रतिनिधि मण्डलस्तरीय वार्तामा बीआरआई लगायतका बुहपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिइएको थियो । वार्तामा नेपाली पक्षले कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरेको थियो ।

वार्तामा नेपाली प्रतिनिधि मण्डलले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएको थियो।

चिनिया जन कंग्रेसका अध्यक्ष चान्सुसंगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा नेपालको तर्फबाट १८ जना सहभागी हुनुहुन्थ्यो। वार्तामा सांसदहरु देवेन्द्र दाहाल, गोपी बहादुर सार्की अछामी, रमेशजंग रायमाझी, वेदुराम भुषाल, प्रमिला कुमारी, शेखर कुमार सिंह, तुल प्रसाद विश्वकर्मा, डा। विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, परराष्ट्र सचिव लगायतका पदाधिकारी सहभागी हुनुभएको थियो।

वार्तामा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको विचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो।

आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो।
वार्ताका अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समजदारीहरुको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौं देखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको र चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकोले नेपालको सम्बृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभएको थियो।

विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुंग–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनः संचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्ष तिमिल्सिनाले अनुरोध गर्नुभएको थियो ।

जवाफमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले नेपालको मागको समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वाशन दिनुभयो।

 

Share Now

Leave a comment.