Prakash Adhikari September 15, 2022

कोलम्बो(श्रीलंका), ३० भाद्र । समूह चरणमा आफैले पराजित गरेको भारतसंग फाइनलमा पराजित हुँदा साफ यु १७ को उपाधि चुम्ने नेपाली सपना अधुरो बनेको छ ।

समूह चरणमा नेपालले भारतलाई ३–१ ले हराएको थियो । तर बुधबार बेलुका भएको खेलमा नेपाललाई भारतले ४–० ले पराजित गर्यो।

खेलको पहिलो हाफमै नेपाल १० खेलाडीमा सीमित बन्दा नेपालको रक्षा पंड्ति कमजोर बन्यो र यसको भरपुर फाइदा प्रतिस्पर्धी भारतले लियो ।

भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेटमा कौरोउ सिंहले गोल गर्दै अग्रता दोब्बर पारे। तर ३८ औं मिनेटमा नेपालका कप्तान प्रशान्त लक्षमले रातोकार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बन्यो।

१० खेलाडीमा सिमित नेपालमाथि दोस्रो हाफमा भारत थप हाबी भयो। ६३ औं मिनेटमा वानलालपेका गुइतले भारतलाई ३–० ले अघि बढाए। खेलको अन्तिम समयमा अमनले गोल गर्दा भारतले खेलको उपाधि जित्यो । नेपाल उपविजेतामा सीमित भयो ।

यसअघि समूह चरणमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो।

समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल आयोजक श्रीलंकामाथि ६–० को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो।

उपाधिको मुखमा पुगेर समूह चरणकै प्रदर्शन दोहो¥याउने नेपालको मनोबल कप्तानले रातो कार्ड खाएपछि खस्कन पुगेको थियो ।

Share Now

Leave a comment.