Prakash Adhikari September 16, 2022

काठमाडौं, ३१ भाद्र । साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ।

भारतविरुद्ध ऐतिहासिक जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई ० का विरुद्ध १ गोलले पराजित गर्यो।

खेलमा रश्मिकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन्। यो नै नेपालको निर्णायक गोल सावित भयो।

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् ।

प्रिती राईको पासलाई कति पनि बिलम्ब नगरिकन उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहार गरी गोलपोष्टको जाली चुमाइन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस:

भिडियो

यो सँगै नेपालले भारतसँग सन् २०१६ मा भएको हारको बदला लिएको छ। त्यतिबेला नेपाल फाइनलमा भारतसँग नै हारेको थियो।

साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।

सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो।

तत्कालीन समयमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा अहिले पनि मुख्य प्रशिक्षक हुनुहुन्छ ।

अब फाइनलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।

साफ महिला च्याम्पियनशीप २०२२ को फाइनल खेल सोमबार ५ बजे दशरथ रंगशालामा हुने भएको छ ।

आज भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

 

पहिलो सेमिफाइनलमा बंगलादेश विजयी

आजै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानाई ८ -० ले पराजित गरेको छ ।

भुटानमाथि सानदार जित निकाल्दै बंगलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो।

बंगलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन्। जहान स्वप्ना, श्रीमती कृष्ण रानी सरकार, नितु पुर्ण चक्मा, मसुरा प्रविन, तोहुरा खातुनले एक एक गोल गरे।

पहिलो हाफमा ४–० को अग्रता बनाएको बंगलादेशको लागि सविनाले दोस्रो हाफमा ४ गोल थपिन्।

बंगलादेश सन् २०१६ पछि फाइनलमा पुगेको हो। बंगलादेशले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।

दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दैछन्

उपाधिको दाबदारका रुपमा समेत हेरिएको बगलादेशले समूह चरणमा भारतलाई हराएको थियो ।

 

Share Now

Leave a comment.