Prakash Adhikari March 21, 2018

काबुल (अफगानिस्तान), ७ चैत्र (बीबीसी) । अफगानिस्तानको राजधानी काबुलमा गरिएको एउटा शङ्कास्पद आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा १८ जना घाइते भएका छन्।

प्रारम्भिक विवरणहरूका अनुसार एक जना संदिग्ध आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौँ मानिसहरूको भिडलाई निशाना बनाएको थियो।

त्यो उत्सवका अधिकांश सहभागीहरू अल्पसङ्ख्यक सिया समुदायका मानिसहरू थिए।

हताहत भएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

 

पश्चिम काबुलस्थित एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीले चिनेपछि उसले आफूसँग भएको विस्फोटक पदार्थ पड्काएको थियो
अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएको छैन।

पछिल्लो समयमा सियाहरूमाथि आक्रमणका घटना बढेका छन्।

ती अधिकांशको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिने गरेको छ।

७० प्रतिशत भूभागमा तालिबान सक्रियः बीबीसी

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएअनुसार एउटा धार्मिक स्थलतिर एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीले चिनेपछि उसले आफूसँग भएको विस्फोटक पदार्थ पड्काएको थियो।

आक्रमणकारी पैदलै आएको थियो।

घटनास्थल काबुल विश्वविद्यालयनजिकै रहेको अलि अबद अस्पताल बाहिर रहेको उनले बताए।

सखी नामले चिनिने उक्त धार्मिक स्थल सहरकै ठूलोमध्येको एक हो र त्यहाँ प्रत्येक नयाँ वर्षमा प्रार्थना गर्ने मानिसहरू भेला हुन्छन्।

सखी नामले चिनिने उक्त धार्मिक स्थल सहरकै ठूलोमध्येको एक हो र त्यहाँ प्रत्येक नयाँ वर्षमा प्रार्थना गर्ने मानिसहरू भेला हुन्छन्।

सिया मुसलमानहरूले अफगानिस्तानको कुल जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन्। हजाराहरू पनि सोही सम्प्रदायका हुन्।

ज्यानुअरीमा तालिबान र इस्लामिक स्टेटले गरेका आक्रमणहरूमा परेर काबुलमा कैयौँ मानिसहरूले ज्यान गुमाएका थिए।

त्यति बेला एउटा बजार क्षेत्रमा विफोस्टक पदार्थ लादिएको एम्बुलेन्स पड्किँदा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। सो आक्रमणको जिम्मवादी तालिबानले लिएको थियो।

Share Now

Leave a comment.