Prakash Adhikari September 18, 2022

 

काठमाडौं, २ असोज । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकोलागि समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने दिन आज र भोलि राखेकोले दलहरुलाई अहिले बन्दसूची फाइनल गर्ने चटारो परेको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकामा आज र भोलि (२ र ३ असोज) बन्दसूची बुझाउनुपर्ने कार्यसूची छ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुनेछन्।

त्यस्तै प्रदेशमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक तर्फ २ सय २० जना निर्वाचित हुनेछन् ।

निर्वाचित हुने सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी दलहरुले बन्दसूची तयार पार्नुपर्छ।
त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ।

बन्दसूची सच्याउने म्याद आयोगले आगामी असोज १६ गतेसम्म तोकेको छ।

प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा १ सय १० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ।

बन्दसूची कानूनले तोके अनुसारको भए–नभएको चेक गर्ने अवधि असोज ४ देखि ९ गतेसम्म तोकिएको छ। यो अवधिमा आयोगले जाँचबुझ गरेपछि दलहरूलाई असोज १० देखि १६ गतेसम्म दलहरुले बन्दसूची सच्याउनुपर्नेछ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने कार्यतालिकामा उल्लेख।

Share Now

Leave a comment.