काठमाडौं, ७ असोज। मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ ।
बैंकले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका ६ । ६ वटा शाखा तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५/ ५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
.jpg)
वित्तीय साक्षरता कार्यक्रम अन्तरगत वचत, लगानी, कर्जा , कर्जाको उपयोग, कर्जाको भुक्तानी, असल ऋणी र व्यवसायी , गरिबी निवारण र समृद्धि जस्ता विषयमा जानकारी दिइएको बताइएको छ ।
बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका किसान तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरुलाई प्राथमिकता दिएर अभियान गरेको जनाएको छ।



















