काठमाडौं, ८ असोज । अभिनेता पल शाहले जिल्ला अदालत, नवलपुरबाट जवजस्ती करणी कसूरमा सफाई पाएका छन् । यस्तै उजुरी परेर वेपत्ता भएका नेपाली क्रिकेट सन्दीप लामिछानेको अवस्था के हुन्छ भन्ने चासो सर्वत्र व्याप्त छ ।
उनलाई २१ भदौमा अदालतले सफाइ दिएको थियो । अदालतले करणीका मुद्दामा प्रत्यक्षदर्शी नहुने र दुई जना पीडित र पीडकमात्र हुने भएकोले उनीहरुको बयान नै बलियो प्रमाण भएको दुवैले जवरजस्ती करणी नभएको बयान दिएकोले सो कसूरमा पललाई सफाई दिएको थियो ।
जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद सजाय भने दिएको छ ।
यही प्रकृतिको अर्को मुद्दा जिल्ला अदालत तनहँुमा विचाराधीन भएकाले पल शाह भने जिल्ला कारागार तनहुँमा थुनामा छन् ।
बिहीबार सार्वजनिक भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पललाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ ।
उनीविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो भने १५ फागुनमा नवलपुरमा ।
पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान गरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’
फैसलामा पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फबाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने उल्लेख गर्दै भनिएको छ— ‘प्रतिवादको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसमक्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक किशोरी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण अदालतसमक्ष पेश गर्न सकेको देखिंदैन ।’
अदालतले पीडित किशोरी र आरोपितबीच प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा बसेको देखिने उल्लेख गर्दै पेश भएको अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिकाबीच हुने वार्तालाप जस्तो भनेको छ । अदालतले फैसलामा भनेको— ‘प्रतिवादीलाई अनुसन्धानको क्रममा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाइयो भन्ने अनुमान गर्न मिलेन ।’
बरु ‘बलात्कार’को घटनामा पनि पीडित र प्रतिवादीबीच निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्क हुँदै आएको भन्दै फैसलामा भनिएको छ— ‘त्यसैक्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादहरूका बीचमा संवाद एवं छलफलको अडियो क्लिप बनाइएको समग्र अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’
लोकप्रियता कमाएका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भएको ठम्याएको छ ।
फैसलामा भनिएको छ— ‘यी प्रतिवादीबाट नाबालिक उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवं संवाद तथा अन्य एसएमएसलगायतका कुराकानीका गतिविधि समेतलाई हेर्दा यी प्रतिवादी(पल शाह)ले अभिभावकीय रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगरी एउटा प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिका उपर व्यवहार गरेको देखिन्छ ।’
पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभाविक व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाहमाथि बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो ।
अदालतको फैसलामा भनिएको छ, ‘कसूरको अवस्था र प्रतिवादीले आफू गीत–संगीत र फिल्मी क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफैं आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई २ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’
सन्दीपको के हुन्छ ?
नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले पनि गत भाद्र ५ गते एक १७ बर्षीय बालिकालाई दिनभर भक्तपुर घुमाएर राती गौशालाको एक होटलमा राखी करणी गरेको उजुरी परेको थियो ।
यो उजुरीउपर प्रारम्भिक अनुसन्धान गरी प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएपछि उनलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको कप्तानबाट निलम्बन गर्यो । उनी खेलिरहेको सीपीएलबाट निकालिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उनलाई कालोसूचीमा राख्यो । काठमाडौं आएर सबै कुरा राख्छु भनेका सन्दीप अहिलेसम्म स्वदेश आउन सकेका छैनन् ।
सन्दीप र पल शाहको मुद्दाको प्रकृति भने फरक छ । समाचारमा आए अनुसार सन्दीप पीडित भनिएकी बालिकाले आफू उनको फ्यान भएको र पहिलो पटक भेट भएको भनेकी छन् । उमेर १७ बर्ष भनेकि छन् । काठमाडौंमा होस्टलमा बस्छु भनेकी छन् । भक्तपुर घुमेर राति होस्टल छोड्न अनुरोध गर्दा अबेर भएकोले होस्टल बन्द हुने भएकोले होटल बस्न अनुरोध गरेकी छन् । घटनाको समयमा होटलमा हुने टेलिफोन, कलबेल उपयोग गरेर बचाउको प्रयास गरेकी छैनन् । रातभर सहवास गरेपछि राजीखुसी संगै होटलबाट निस्किएकी छन् । १५ दिन पछि प्रहरीमा उजुरी गरेकी छन् । एकै भेटमा सहवाससम्म तयार हुने बालिकाले त्यो अवधिमा अरुको सम्पर्कमा रहिनन भनेर अनुमान गर्न सकिदैन ।
पीडित भनिएकी बालिकाको उमेर ठ्याक्कै १७ बर्ष नै हो कि १६ वा १८ हो त्यो एकिन पनि भएको छैन । उमेरको पहिचान विद्यालय, कलेजमा उल्लेखित तिथिमितिका आधारमा भएको हो वा नागरिकताका आधारमा हो वा प्रायःजसो प्रहरीमा उल्लेख हुने अन्दाजी उमेर हो ? त्यो पनि प्रहरीले एकिनका साथ भनेको छैन ।
संलग्न र संकलित प्रमाणमा पीडित भनिएकी कन्याले भिडियो समेत प्रस्तुत गरेकी छन् कि आफ्नो पहिरनमा प्रमाण सुरक्षित गरेकी हुन् कि १५ दिनपछि पनि प्रहरीले होटलबाट प्रमाण जुटाएको हो । त्यो पनि एकीन भएको छैन् । सामान्यत होटलमा हरेकदिन कम्तिमा तन्ना र सिरक वा ओढनीका खोल फेर्ने चलन हुन्छ । त्यो होटलले सुरक्षित राखेको भए यो सुनियोजित वा प्रायोजित खेल प्रमाणित हुन सक्छ उनलाई यो खेलमा ठूलै गिरोहले फसाएको हुनसक्छ ।
केन्या भ्रमणमा जान बन्द प्रशिक्षणमा रहेका नेपालका क्याप्टेन सन्दीपलाई त्यही दिन किन पासो थापियो भन्ने प्रश्न पनि आएको छ । उनका प्रशंसक धेरै भएपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ईष्या गर्नेहरुको कमी पनि थिएन । यो घटनामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान, अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित खेलाडी, नेपालको झण्डा विश्वमा फहराउदै हिड्ने खेलाडीको नाम एक उजुरीका भरमा नेपाल प्रहरी जसरी अपराधीका रुपमा सार्वजनिक गरेर फैलायो, नेपाल आइनपुग्दै पक्राउ पूर्जी जारी गर्यो, विमानस्थलले कालोसूचीमा राख्यो, यो सबै पूर्व तयारी हेर्दा उनलाई फसाउन राम्रै तयारी भएको देखिन्छ ।
यति हुँदाहुँदै पनि विश्वस्तरका नेपाली क्रिकेटर सन्दीप लामिछानेले यौन मामिलामा सतर्क रहनुपर्ने मर्यादा पालन नगरेकै हुन् । उनी त्यस मामिलामा दोषी छन् । तर यति धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सरिक भएका उनलाई बन्द प्रशिक्षणहरुमा विषकन्याहरुबाट सावधान रहनुपर्ने शिक्षा दिन भने नेपाल र विश्व क्रिकेट जगत भने चुकेकै हो ।


















