Prakash Adhikari October 10, 2022

काठमाडौं,२४ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंका न्यायाधीशसामु निकै भावुुुुक पुकार गरेका छन् ।

पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका सन्दीपलाई सोमबार जिल्ला अदालत लगिएको थियो । त्यही उनले त्यस्तो भावुक अभिव्यक्ति दिएका हुन् ।

प्रहरीद्धारा म्याद थप्न गर्न लगिएका सन्दीप लामिछानेले आफ्नो मुद्दाको टुंगो छिटो लगाइदिन कानून व्यवसायीमार्फत अनुरोध गरेका थिए।

म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यस क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित क्याप्टेनले यसअघि बयानमा जस्तै आफू निर्दोष रहेको जिकिर गरे।

अदालतमा सन्दीपले झुटो आरोप लगाएर आफ्नो करिअर सकाइदिएको गुनासो गर्दै त्यसको उपचार के हुन सक्छ भनेर सोधेका थिए।

त्यस्ता विषय मुद्दाको सुनुवाइका क्रममा गर्न सकिने बताउँदै न्यायाधीशले आज भने थुनामा राख्ने विषयमा मात्रै कुरा हुने जवाफ दिएका थिए।

सन्दीपका कानुन व्यवसायीले उनीहरु जाहेरवाला केटीको जिद्दीमा नगरकोट पुगेको खुलासा भएको बताएका छन्।

यसअघि आइतबारदेखि नै सरकारी वकिलको रोहबरमा सन्दीपको बयान सुरु भएको हो।

बयानमा सन्दीपले जाहेरवालाकै सुनियोजित षड्यन्त्रमा आफू परेको बताएका छन्। नाबालिग दावी गरेकी १९ कटेकी जाहेरवाली विषकन्याले नगरकोट जाने कुरा उनका साथीहरुलाई पनि सुनाएको पनि सन्दीपले बयानमा भनेका छन्।

‘उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ। म क्याम्पमा छु। भोलि बाहिर जानुछ भनेको थिएँ। पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन्’, सन्दीपले इजलाससमक्ष भनेका थिए।

नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुने र ती कन्यालाई पनि होस्टल फर्किन ढिलो होला भनेको तर उनले त्यस्तो नहुने गरी फर्किने बताएर नगरकोट लगेर त्यहाँ पुगेपछि उतै रात बिताउन प्रस्ताव गरेको पनि सन्दीपले बताएका छन्।

सन्दीपले होस्टल कहाँनेर हो भनेर सोध्दा पनि कन्याले नबताएको र नगरकोट पुगेपछि खाजा खादा केटी जिउमा अढेस आडेस लाग्दा आफूलाई असहज भएको पनि सन्दीपले न्यायाधीशसामु बताएका छन्।

त्यसदिन नगरकोटबाट फर्किऊँ भन्दा पनि जाहेरवालीले ढिलो भइसक्यो, आज नजाऊँ यतै बसौँ भनेको सन्दीपले बताएका छन्।

‘मलाई भोलि बाहिर जानुपर्छ, तिमीलाई पनि होस्टल फर्किनुछ भनेँ। त्यसपछि उनी रिसाएर गाडीमा बसिन्। फर्किंदा बाटोमा उनले मेरो होस्टल बन्द भइसक्यो, अब जान मिल्दैन भनिन्’, सन्दीपको बयानमा भनेका थिए ।

नगरकोट जाने क्रममै उमेरको विषयमा पनि कुरा भएको र ती कन्याले १९ वर्षको भएको तर कागजातमा चाहिँ उमेर घटी भएको भनेको कुरा पनि सन्दीपले बताए ।

होस्टल बन्द भएको र अब जान मिल्दैन भनेपछि उनकै आग्रहमा होटलमा बसेको सन्दीपको जिकिर छ।

जाहेरवालीको उमेरको विषयमा पनि अनुसन्धान गरिरहेको बताउँदै प्रमाण खोज्ने क्रममा रहेको अधिवक्ता सरोजकृष्ण घिमिरेको भनाई छ ।

अर्की कानुन व्यवसायी सुधा रिजालको जिकिर छ, “पीडित भनिएकी कन्याका दुईवटा जन्मदर्ता रहेकोले सन्दीपलाई सुनियोजित तवरले फसाउने षड्यन्त्र भएको छ ।”

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशलामा बलात्कारको आरोपमा जाहेरी परेको थियो।

जाहेरी पर्दा क्यारेबियन प्रिमियर लिग खेल्न विदेशमै रहेका सन्दीप गत असोज २० गते बिहीबार स्वदेश फर्किनासाथ पक्राउ परेका थिए।

प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दायर गर्नेछ।

त्यसपछि थुनछेक बहस हुनेछ। तर सन्दीपको बयान सकिएको छैन। अन्य प्रमाण संकलनको काम पनि भइरहेको प्रहरीले जनाएको छ।

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ। प्रहरीले उनलाई थप दिनका लागि म्याद थप्ने अनुमति मागेको थियो ।

पक्राउ परेको पाँचौँ दिनमा आइतबार प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

सातौँ दिनमा सन्दीपलाई फेरि अदालतमा उपस्थित गराउन भनिएको छ।

न्यायाधीश दण्डपाणि न्यौपानेको इजलासले सन्दीपलाई हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान १० बजे नै प्रहरीले सन्दीपलाई अदालतमा पुर्‍याएको थियो।

सन्दीपका कानुन व्यवसायीले जाहेरी र अन्य कागजात हेर्न पाउनु पर्ने माग गरेका थिए।

तर न्यायाधीशले जवाफ थियो , ‘ती कागजात म हेरौंला, तपाईंहरुलाई के छ भनौँला।’

न्यायाधीशले जाहेरी र अन्य कागजात अध्ययन गरिसकेपछि त्यहाँ भएका मूलभुत कुराहरु जानकारी गराएका थिए।

बुधबार फेरि अदालतमा उपस्थित गराउने गरी सन्दीपलाई प्रहरीले गौशला बृत्तको हिरासतमा लगेको छ।

सन्दीप गत बिहीबार कत्तारको दोहा हुँदै काठमाडौँ फर्किएका हुन्। प्रहरीलाई जानकारी गराएरै आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो।

त्यसअघि उनी क्रिकेट खेल्नकै लागि नेपाली टिमसहित केन्या पुगेका थिए।

उनीविरुद्ध भदौ २१ गते नुवाकोटकी एकजना कन्याले आफूलाई सन्दीपकोे फ्यान बताउदै पहिलो भेटमा नै नगरकोट घुमाएको र गौशालाको एक होटलमा सहबासमा करणी गरेको तर आफ्नो उमेर १७ बर्ष भएकोले उनीमाथि कारबाही होस् भनी दिएको निवेदनको आधारमा नेपाल प्रहरीले सन्दीप विदेश रहेको बेला पक्राउ पूर्जी जारी गर्ने, एअरपोर्टको अध्यागमनमा कालोसूचीमा राख्न पत्राचार गर्ने र नेपाल आउछु भनिरहेका राष्ट्रिय खेलाडीलाई पक्राउ गर्न इन्टरपोलमार्फात डिफ्यूजन नोटिस जारी गराउने काम गरेको थियो ।

आर्थिक अवस्था कमजोर रहेकी र आमाको पालनपोषणमा हुर्किएकी ती कन्याले पैसाको लागि सन्दीपलाई फसाउने जाल रचेको उनी निकटस्थहरुले बताउन थालेका छन् ।

दुईवटा जन्म दर्ता भएको कारण उनको जाल र चाल अब काम नलाग्ने भएको छ । सन्दीपले भनेजस्तै उनको खेल जीवन सिध्याउने यो षड्यन्त्रमा ती विषकन्याका पछाडि रहेका शक्ति र व्यक्तिको खोजी हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

 

 

Share Now

Leave a comment.