इफ वाल्श/ बीबीसी न्यूज
क्राइमिया, ४ असोज (बीबीसी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुस(क्राइमिया जोडिने पुलमा हमला गरेको आरोप लगाउँदै त्यसलाई आतङ्कवादी कार्य भएको बताउनुभएको छ।
उक्त पुल रुस र उसले आफ्नोमा गाभेको क्राइमियासँग जोडिने एकमात्र रेल तथा सडकमार्ग हो।
रुसी राष्ट्रपतिले युक्रेनका जासुसी सैन्यहरूले रणनीतिक रूपले महत्त्वपूर्ण रुसी पूर्वाधारलाई ध्वस्त पार्ने लक्ष्य राखेको बताउनुभयो।
उहाँ आफ्नो देशको एक जाँचबुझ निकाय इन्भेस्टिगेटिभ कमिटी अफ रसियाका प्रमुख अलेकजान्डर बस्ट्रिकिनसँगको बैठकमा बोल्दै हुनुहुन्थ्यो।
अधिकारीहरूले उक्त पुलमा भएको विस्फोटनमा परेर तीनजना मानिसहरू मारिएको बताएका छन्। रुसी अधिकारीहरूका अनुसरा एक लरीमा विस्फोट हुँदा ती मानिसहरू नजिकै कारमा रहेका थिए।
पुटिनले के भन्नुभयो ?
पुटिनले भन्नुभयो, “यो रुसको महत्त्वपूर्ण नागरिक पूर्वाधार नष्ट गर्ने लक्ष्य राखिएको आतङ्कवादी कार्य भएकोमा कुनै शङ्का छैन।यसका योजनाकार, दोषी र लाभग्राही युक्रेनका सुरक्षा बलहरू हुन्।”
बस्ट्रिकिनले उक्त हमलाका लागि रुसी नागरिकहरू र केही देशहरूले सघाएको बताउनुभयो।
उहाँले अनुसन्धान अनुसार विस्फोट भएको उक्त ट्रकले बल्गेरिआ, जोर्जिआ, आर्मेनिआ, नोर्थ ओसेटिआ र क्रास्नोदार क्षेत्रबाट यात्रा गरेको जानकारी दिनुभयो।
सडकको केही खण्डहरू ध्वस्त बनेको उक्त घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ।
युक्रेनी प्रतिक्रिया
युक्रेनी अधिकारीहरूले आफ्ना फौजहरू उक्त हमलापछाडि रहेको कुराको सङ्केत गरेका छैनन्।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले पुटिनको आरोप अस्वीकार गर्नुभएको छ ।
उहाँले ूयहाँ एउटा मात्र आतङ्कवादी राष्ट्र रहेकोू र त्यो ूकुन हो भन्ने पूरा संसारले जानेकोू लेख्नुभएको छ।

क्राइमिया पुल
ूपुटिनले युक्रेनलाई आतङ्कवादको आरोप लगाएका हुन् भने त्यो रुसकै लागि समेत निकै व्यङ्ग्यपूर्ण देखिन्छ,ू उहाँले भन्नुभयो।
शनिवार राष्ट्रपति जेलेन्स्कीले आफ्नो रात्रिकालीन सम्बोधनमा उक्त घटनालाई उद्धृत गरेका थिए।
“आज खराब दिन रहेन र हाम्रो देशको भूभागमा धेरैजसो घाम लाग्यो”, सम्बोधनमा उहाँको भनाइ थियो, “दुर्भाग्यवश, क्राइमियामा बादल लाग्यो। यद्यपि त्यो पनि न्यानो नै थियो।”
पुल आंशिक रूपमा खुला
रुसी अधिकारीहरूले पुलमा पर्ने सडक मार्ग त्यस घटना भएको केही घण्टामै हलुका गाडीहरूका लागि आंशिक रूपमा खुला गरेका छन्।
पुलमै तेल ट्याङ्करहरूमा आगो लागेको रेलमार्ग समेत खुला गरिएको छ।
उक्त पुल युरोपकै सबैभन्दा लामो हो जसको लम्बाई १९ किलोमिटर छ।
युक्रेनमा लडिरहेका रुसी फौजहरूलाई सामान पठाउने त्यो एउटा महत्त्वपूर्ण बाटो समेत हो।
रुसबाट दक्षिणी युक्रेनका युद्ध मैदानमा सैन्य उपकरण, गोलीगठ्ठा र सैनिकहरू पठाउन मस्कोले उक्त पुलको प्रयोग गर्ने गरेको छ।
रुसले क्राइमियालाई आफ्नोमा गाभेको चार वर्षपछि सन् २०१८ मा पुटिनले उक्त पुलको उद्घाटन गर्नुभएको थियो।


















