Prakash Adhikari October 12, 2022

 

किएभ(युक्रेन), २६ असोज(बीबीसी) । धनी देशहरूको समूह जी सेभेनका नेताहरूले आवश्यक पर्दासम्मू युक्रेनलाई साथ दिने बताएका छन्।

सोमवार युक्रेनी सहरहरूमा रुसले गरेका मुख्य हमलापछि उक्त समूहले एउटा आपत्कालिन भर्चुअल बैठक गरेको थियो।

क्यानडा, फ्रान्स, इटली, जर्मनी, जापान, यूके र अमेरिका सदस्य रहेको सो समूहले सैन्य र मानवीय सहायता गर्ने काम जारी राख्ने समेत जनाएको छ।

रुससमेत उक्त समूहको सदस्य रहेकोमा सन् २०१४ क्राइमिया आफ्नोमा गाभेसँगै उसलाई समूहबाट हटाइएको थियो।

पश्चिमा सैन्य गठबन्धन नेटोलेसमेत आवश्यक परेको समयसम्म युक्रेनको साथमा रहने जनाएको छ।

पछिल्ला हमलाको पृष्ठभूमि
राजधानी किएभको मध्यमागसहित युक्रेनका कैयौँ क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २० जनभन्दा धेरै घाइते भएका थिए।

हमलाहरू मङ्गलवारसमेत जारी रहेका थिए र सर्वसाधारणहरूलाई हवाई प्रतिरक्षा हुने आश्रय स्थलहरूमा बस्न सुझाइएको छ।

रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ बताउनुभएको छ।

पुटिनले त्यहाँ भएका विस्फोटनका लागि युक्रेनमाथि आरोप लगाउनुभएको छ।

निन्दा
तनाव बढाउने ती रुसी कदमको पश्चिमा नेताहरू तत्काल निन्दा गरेका थिए।

जी सेभेनले मङ्गलवार एउटा विज्ञप्तिमा भनेको छ, “हामीले आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहायता दिने काम जारी राख्नेछौँ र आवश्यक पर्दाको समयसम्म दृढ रूपमा युक्रेनसँग रहनेछौँ।”

उक्त समूहले रुसले एकलौटी ढङ्गले गरेका जनमतसङ्ग्रहहरूमार्फत् युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्न गरेको प्रयासको समेत निन्दा गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी सेभेनलाई थप हवाई प्रतिरक्षा क्षमताका लागि आग्रह गर्नुभएको छ।

बेलारुससँगको सीमाको चर्चा

जेलेन्स्कीले उक्त गठबन्धनलाई युक्रेन-बेलारुस सीमामा एउटा अन्तर्राष्ट्रिय मिसनलाई साथ दिन समेत आग्रह गर्नुभएको छ।

युक्रेन

बेलारुसका नेता एलेक्जेन्डर लुकाशेन्को पुटिनका एकजना निकट साझेदार हुनुहुन्छ जो रुसी सैनिकहरूसाथ युक्रेनतर्फको सीमामा आफ्ना फौज खटाउन सहमत हुनुभएको छ।

लुकाशेन्कोले त्यो किएभबाट हुने त्रासको लागि जबाफ हुने बताउनुभएको छ।

मङ्गलवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपति पुटिन एकजना ूसुझबुझपूर्ण व्यक्तिू होलान् भन्ठानेको बताउँदै उनले युक्रेन युक्रेनलाई सफलतापूर्वक अतिक्रमण गर्न सक्ने कुराको गलत लेखाजोखा गरेको बताउनुभयो।

Share Now

Leave a comment.