सानेपा(ललितपुर), २६ असोज । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवार र आफ्नो नेतृत्वको गठबन्धनमा भएको समझदारी विपरित प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिने पार्टीका नेतालाई तिनको प्रस्तावक र समर्थकसहित कारवाही गरेको छ ।
पार्टीका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमति अनुरुप नेपाली काँग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको जानकारी दिनुभएको छ।
यसअघि कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो।
विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन हुने पनि चेतावनी दिएको थियो।


















