Prakash Adhikari October 19, 2022

नयाँदिल्ली((भारत), २ असोज । भारतमा पाका राजनीतिज्ञ मल्लिकार्जुन खड्गेले प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीको आन्तरिक चुनावमा पार्टी अध्यक्ष पद जित्नुभएको छ ।

उहाँले सांसद शशि थरुरलाई पराजीत गरेर नयाँ अध्यक्ष बन्नुभएको हो।

धेरै बहुमत
खड्गेले थरुरले प्राप्त गरेको भन्दा ८ गुणा धेरै मत पाएका छन्।

विजयपछि खड्गेलाई बधाइ दिँदै थरुरले भने, “हाम्रो पार्टीको पुनरूत्थान आजबाट साँच्चिकै सुरु भएको मेरो विश्वास छ।”

दुई दशकभन्दा धेरै समयपश्चात् पार्टीको नेतृत्व गैर गान्धी परिवारका नेतामा पुगेको छ।

यसअघि सन् १९९८ मा सिताराम केसरीलाई पाँच वर्षे कार्यकालको दुई वर्ष बिताउन नपाउँदै हटाइएको थियो।

केसरीलाई सोनिया गान्धीले विस्थापित गर्नुभएको थियो।

उहाँले पार्टीको नेतृत्व १९ वर्षसम्म सम्हाल्नुभयो।

सन् २०१७ मा उनका छोरा राहुल गान्धी उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो।

तर सन् २०१९ को आम चुनावमा पार्टीको पराजयपछि उहाँले स्वेच्छाले पद त्यागे गर्नुभयो ।

त्यसयता सोनीया गान्धीले नै पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।

खड्गेको परिचय

गान्धी परिवारसँग निकट रहेका खड्गेको विजय अपेक्षित नै ठानिएको थियो।

पूर्व केन्द्रीय मन्त्री खड्गेले पार्टीमा साङ्गठनिक सुधार गर्ने भन्नुभएको छ। जसमा ५० प्रतिशत प्रतिनिधित्व ५० वर्षभन्दा कम उमेर समूहको गराइने उहाँको योजना छ।

खड्गे भने स्वयं ८० वर्षको हुनुहुन्छ ।

दक्षिण भारतीय राज्य कर्नाटकाको दलित समुदायका खड्गे लामो समयदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ ।

सन् १९४२ मा बिदार जिल्लामा जन्मिनुभएका खड्गेको हुर्काइ छिमेकी गुलबर्ग जिल्लामा भएको थियो।

Image

शशि थरुर

खड्गेलाई शशि थरुरले चुनौती दिनुभएको थियो ।

उहाँले कानुन पढ्नुभएको छ। प्रारम्भिक कालमा उहाँले मजदूर युनियनहरूको प्रतिनिधित्व गर्नुभएको थियो।

विद्यार्थीकाल देखि नै उहाँले राजनीतिमा गहिरो अभिरुचि राख्नुभयो। उहाँ सन् १९६९ मा कांग्रेस पार्टीमा सामेल हुनुभयो।

सन् १९७२ मा त्यतिखेर उक्त राज्यका पार्टी प्रमुख देवराज अर्सले उहाँलाई माथिल्लो भनिने जातिको दबदबा रहेको गुर्मित्काल निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रोत्साहन गर्नुभएको थियो।

उहाँले उक्त क्षेत्रमा लगातार ९ पटक चुनाव जित्नुभएको छ।

साथै उहाँले चितापुर क्षेत्रबाट समेत चुनाव लडेर जित्नुभएको छ।

बीजेपीसँग टक्कर
पाका नेता खड्गेको सामु अब डेढ वर्ष जति पछि हुन लागेको आम चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ९बीजेपी०सँगको टक्कर चुनौतीका रूपमा रहेको देखिन्छ।

त्यसका निम्ति पार्टीमा सुधार जरुरी भएको विश्लेषकहरू ठान्छन्।

साथै उहाँले हालसम्मकै सबभन्दा खराब ूसंरचनागत, साङ्गठनिक तथा वैचारिक नेतृत्वू सङ्कट बेहोरिरहेको पार्टीलाई सही नेतृत्व दिनुपर्नेछ।

राजनीतिक विश्लेषक के बेनेडिक्टका विचारमा पार्टीभित्र विभिन्न गुटमाझ रहेका तनाव मत्थर गर्न उहाँ सिपालु हुनुहुन्छ तर अरूसँग लड्ने मामिलामा उहाँ सक्षम होइन ।

साथै कतिपयले दक्षिण भारतका राजनीतिज्ञ भएकाले उहाँले धेरै जनसङ्ख्या भएको उत्तर प्रदेश र बिहारमा धेरै प्रभाव पार्न नसक्ने ठानेका छन्।

ती दुई राज्यले मात्र १ सयय २० सांसद चुन्छन्। त्यहाँ भारतीय कांग्रस पार्टीको हालत खराब छ।

Share Now

Leave a comment.