Prakash Adhikari October 30, 2022

 

सोल(दक्षिण कोरिया), १३ कार्तिक । दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १ सय ५० जनाभन्दा धेरैको मृत्यु भएको छ।

घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ।

शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।

घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ।

दक्षिण कोरिया

साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानिसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।

नेपाली परेका छैनन्

सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको जनाएको छ।

“घटनामा हालसम्म एकै जना पनि नेपाली नागरिक परेको विवरण आएको छैन”, दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले बीबीसीसँग भन्नुभएको छ ।

दक्षिण कोरिया

दक्षिण कोरिया

कोरियाली आपतकालिन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ।

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले घटनामा गहिरो दुखस् व्यक्त गर्दै दक्षिण कोरियाली सरकार र जनता तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ।

देउवाले ट्विट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ।

सोलको महानगर सरकारले घटनापछि अझै ३ सय ५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।

दक्षिण कोरिया

दक्षिण कोरिया

घटनास्थलमा खिचिएका भिडिओहरूमा आपतकालिन सेवाका कर्मचारीहरूले मानिसहरूलाई होसमा ल्याउन सीपीआर दिइरहेको देखिन्छ। भिडिओमा शव राख्न प्रयोग हुने झोलाहरू सडक भरी देखिएका छन्।

१ लाख मानिसहरूको भीड

दक्षिण कोरियामा यो सन् २०१४ मा फेरी दुर्घटनामा ३०० जनाको मृत्यु भयायताकै सबैभन्दा दुखद घटना हो।

राजधानी सोलसँगै रहेको रात्रिकालीन गतिविधिका लागि प्रख्यात इतेवोनमा दुर्घटना भएको थियो।

घटना भएको समयमा उक्त स्थानमा हेलोइन मनाउन १ लाख मानिसहरू भेला भएको आनुमान गरिएको छ।

हरेक सप्ताहान्तमा यो स्थानमा भीड हुने गरे पनि कोभिड महामारीपछि पहिलो पटक आयोजना भएको खुला हेलोइन मनाउन शनिवार अत्यधिक मानिसहरू जम्मा भएका थिए।

दक्षिण कोरिया

दक्षिण कोरिया

दक्षिण कोरियामा कोभिड महामारीपछि खुला स्थानमा हेलोइन आयोजना भएको यो नै पहिलो थियो।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा साँघुरो स्थानमा हलचल गर्न नसक्ने गरी मानिसहरूको भीड जम्मा भएको देखिन्छ।

एउटा भिडिओमा मानिसहरूलाई सास फेर्न कठिन भएको समेत देखिएको छ। अर्को एउटा भिडिओमा आपतकालिन सेवामा मानिसहरूले भीडबाट शवको खात निकाल्दै गरेको देखिन्छ।

शवहरू सडक र एम्बुलेन्समा लैजाँदै गर्दै मानिसहरूको चिच्याहट र रोदन सुनिन्छ।

दक्षिण कोरियाका राष्ट्रपति युन शुक(योलले घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। उहाँले घाइतेहरूको उपचारका लागि कार्यदल बनाउन पनि भन्नुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक सन्देश मार्फत घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ।

Share Now

Leave a comment.