Prakash Adhikari October 31, 2022

 

भरतपुर(चितवन) १४ कार्तिक। चुनावी सभामा एक्कासी अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाको स्वास्थ्य अवस्था सुधारिएको छ । अस्पतालले उहाँ खतरा मुक्त रहनुभएको बताएको छ ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहनुभएका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा.मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाउनु भएको छ।

उहाँँको परीक्षण रिपोर्टहरुमा केही पनि नकारात्मक नरहेको र अहिले होशमै रहनुभएकाले २४ घण्टाको निगरानी पछि पनि यही अवस्था रहे अस्पतालले डिस्चार्ज गर्ने प्रधानले बताउनुभयो ।

डां कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत हुनुभएको थियो ।

 

Share Now

Leave a comment.