Prakash Adhikari November 1, 2022

काठमाडौं, १५ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई उक्साहटमा फसाइएको बताएका छन् ।
नाबालिक दावी गर्ने एक युवतिले जबरजस्ती करणी गरेको उजुरी दिएपछि प्रहरी हिराशतमा रहेका सन्दीपले मंगलबार जिल्ला अदालतत काठमाडौंमा दिएको बयानमा सो कुरा बताएका हुन ।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो।

अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो। सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिनुभएको छ।

आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको थियो।

अदालतमा लिइएको बयानमा सन्दीपले आफूप्रति बदनियत राखेर कसैको उक्साहटमा अभियोग लगाइएको बताएका छन्। उनले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको उहाँका प्रतिरक्षी वकिलले बताउनुभएको छ।

उहाँका अनुसार पीडित दावी गर्नेृृ किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टरको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल खाएको छैन।

उहाँले किशोरीको बयान शङ्कास्पद रहेको र जन्ममिति जन्म दर्ता र बसाई सराइँमा अलग अलग भएको बताउनुभयो । उहाँले किशोरीको जन्मकर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘आज बयान सकियो। थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ।

नेपाली क्रिकेटको राष्ट्रिय टीमका तात्कालीन क्याप्टेन सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलर्मा एक किशोरीसंग सहबास गरेका आरोप छ । किशोरीले आफू बालिका रहेको दावी गरेकी छन् । उनले आफूमाथि इच्छावेगर करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

Share Now

Leave a comment.