काठमाडौं, ९ चैत्र । स्वास्थोपचारको लागि दिल्ली पुगेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
मिर्गौला, नसा र छातीको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।
नेता खड्कालाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौं सम्पर्क कार्यालयले दिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नेता खड्कालाई नयाँदिल्ली लगिएको थियो ।
राष्ट्र्यि राजनीतिमा दह्रो पकड राख्ने र जिल्लामा विकासको मूल फुटाउने नेताको स्वास्थ्य स्थिति विग्रदै गएपछि गृहजिल्ला दाड.का कार्यकता र शुभचिन्तकहरुले मन्दीरमा उनको स्वास्थ्यलाभको कामना गर्दै पूजाअर्चना गरेका छन् ।