Prakash Adhikari November 4, 2022

 

कराँची(पाकिस्तान), १७ कार्तिक(एजेन्सी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गोली उहाँको खुट्टामा लागेको बताइएको छ । उहाँ संलग्न एक कार्यक्रममा अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उहाँमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहनुभएका उहाँ सवार कन्टेनरमा आक्रमणकारीले ३ ।४ राउण्ड गोली हानेका थिए ।

७० वर्षीय खानले तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा जुलुसको नेतृत्व गरिरहनुभएको थियो ।

Footage of Firing: The Moment Before Shots Were Fired At Imran Khan Rally |  WATCH

एक वरिष्ठ सहयोगीले एएफपी समाचार एजेन्सीलाई भन्नुभयो ‘यो उहाँलाई मार्ने प्रयास थियो, उहाँको हत्या गर्ने प्रयास थियो ।’ खानलाई उपचारका लागि घटनास्थलनजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

Share Now

Leave a comment.