किएभ(युक्रेन),२५ कार्तिक । युक्रेनी फौजका प्रमुखले विकल्पहीन अवस्थामा पुगेपछि रुसी फौज युक्रेन खेअरसन क्षेत्र छाड्ने निर्णयमा पुगेको बताएका छन्। त्यस क्षेत्रको कमान्ड पाएका रुसी जनरलले सेना फिर्तीको घोषणा गनुृभएको थियो।
युक्रेनी फौजका प्रमुख भलएरी जलूज्नीले आफ्ना सुरक्षाकर्मीले रुसी फौजको बन्दोबस्तका सामान आपूर्ति व्यवस्था ध्वस्त तुल्याइदिएपछि त्यो अवस्था आएको टिप्पणी गर्नुभएको छ।
उहाँले ‘रुसी फौजभित्र आदेश र नियन्त्रण प्रणालीमा रहेको गम्भीर विवाद’लाई पनि कारणको रूपमा प्रस्तुत गर्नुभयो।
युक्रनी फौजको मुख्य अपरेसन विभागका उपप्रमुख अलेक्सी ग्रोमोफले जस्तै उहाँले पनि खेअरसन सहरबाट रुसी फौज फिर्तीबारे न पुष्टि गर्न चाहनुभयो न त अस्वीकार नै ।
ग्रोमोफले भन्नुभयो, ‘अहिले नै हामीले खेअरसनबाट रुसी फौज फिर्तीबारेको कथित रिपोर्टहरूको न पुष्टि गर्न सक्छौँ न त्यो अस्वीकार गर्न।’
‘कारबाही जारी’
दुवै सैन्य अधिकारीहरूले त्यस क्षेत्रमा पूर्व योजनाअनुसार आफ्नो कारबाही जारी राखेको बताउनुभएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकबीच भएको फोन वार्तामा दुवै नेता खेअरसनबाट रुसी फौज फिर्तीले युक्रेनी सेनाको निम्ति बलियो प्रगति देखाउनेमा एकमत रहेको सुनकको कार्यालयले जनाएको छ।

युक्रेनी सुरक्षाकर्मी
नेटोका महासचिव येन्स स्टोल्टेनबेर्गले नौ महिनासम्म जारी लडाइँमा युक्रेनको निम्ति त्यो अर्को जीत भएको टिप्पणी गर्नुभयो।
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही वास्तविक समस्याहरू सङ्केत गरेको बताउनुभएको छ।
बाइडनले केही समयूदेखि आफूले यस्तो कदम अपेक्षा गरेको र यसले दुवै पक्षलाई आगामी हिउँदमा आफ्नो स्थिति पुनर्मूल्याङ्कनू गर्न मद्दत पुर्याउने बताउनुभयो।
खेअरसन रुसी सेनाले कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर हो।
तर बुधवार युक्रेनमा रहेका रुसी कमान्डरले अब उक्त सहरलाई आपूर्ति गर्न सम्भव नभएको बताउनुभएको थियो।
केही साताअघि कमान्ड पाउनुभएका जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत् सेनाका शीर्षस्थ अधिकारीसँगै सेना फिर्तीको घोषणा गर्नुभएको थियो। उहाँले रुसी सेनाहरू ड्नििप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुने पुष्टि गर्नुभएको छ।
रुसलाई धक्का

युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको समयमा यो रुसी सैन्य लक्ष्यका निम्ति ठूलो धक्का हो।
बाइडनले संसदीय चुनाव पछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रियामा भन्नुभएको छ। चुनावबाट रिपब्लिकन दलले उहाँको डेमोक्र्याटिक दलबाट तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ।
यसअघि बाइडनका राजनीतिक प्रतिद्वन्द्वीहरूले युक्रेनलाई अमेरिकी सैन्य र मानवीय सहायताको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। बाइडनले मस्कोले सैन्य फिर्तीको घोषणा गर्न ूचुनाव सकिँदासम्म पर्खिनुूलाई ूरोचकू घटनाको रूपमा लिइएको छ।
तर उहाँले युक्रेनमा रुसी आक्रमणको सामना गर्ने द्विपक्षीय पद्धति भने जारी रहने आशा व्यक्त गर्नुभएको छ।
निप्रो आसपासबाट सेना फिर्ता गर्ने रुसको निर्णयबारे युक्रेनले सावधानीपूर्वक प्रतिक्रिया जनाएको थियो।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणापछि किएभ धेरै सावधानीपूर्वक अघि बढिरहेको बताउनुभयो।
“दुस्मनले हामीलाई उपहार दिँदैनन्, सद्भावनाको सङ्केत गर्दैनन्, हामीले सबै जित्छौँ “, उहाँले युक्रेनीहरू सम्बोधन गर्दै भन्नुभयो।
स्वागतयोग्य कदम
रुसको घोषणा पछि खेअरसन भित्रका नागरिकहरूले रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, क्याफेहरू र सडकहरूमा घुमिरहेको बताउनुभयो।
र सहरको परिधिमा रहेका युक्रेनी सिपाहीहरूले शत्रुले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने भएकाले आफूहरू सतर्क रहेर अगाडि बढिरहेको बताउनुभयो।
सैन्य फिर्तीको घोषणा गर्ने बेला राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनुहुन्थेन । तर पहिले रुसको युद्ध प्रयासको आलोचना गर्ने उहाँका दुई प्रमुख सहयोगीहरूले भने यस कदमको स्वागत गर्नुभएको छ।
युक्रेनले रुसलाई पछाडि धकेल्दा पुटिनलाई के फरक पर्छ ?
वाग्नर मर्सिनरी समूहका संस्थापक र लामो समयदेखि पुटिनका सहयोगी रहेका एभगेनी प्रिगोजनले यो निर्णय विजयी कदम नभए पनि लामो समय चिन्तामा रहन वा भ्रममा रहन नभई निष्कर्ष निकाल्न र गल्तीहरू सच्याउन महत्त्वपूर्ण भएको बताउनुभयो।
पुटिनले सन् २००७ मा स्वायत्त गणतन्त्रको शासन गर्न रोजेका चेचेन नेता रमजान कादिरोभले जनरल सुरोभिकिनले आलोचनाबाट नडराएर वास्तविक सैन्य जनरलको रूपमा काम गरेको बताउनुभयो।
पछिल्ला साताहरूमा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो। यद्यपि, युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइनहरू प्रभावित बन्यो।
त्यहाँबाट फिर्ता हुनुअघि रुसले हजारौँ नागरिकहरूलाई डुङ्गाबाट सहर बाहिर सारेको थियो जसलाई युक्रेनले निर्वासनको रूपमा व्याख्या गरेको थियो।


















