Prakash Adhikari March 23, 2018

सातदोबाटो(ललितपुर), ९ चैत्र । एएफसी एसियन कप २०१९ को छनौट खेलतर्फ समूह चरणको अन्तिम खेल यमनविरुद्ध खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको शुक्रबार बिदाई गरिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई बिदाई गरिएको हो ।

छनौट चरणतर्फ समूह एफ मा रहेको नेपालले मार्च २७ तारीखका दिन कतारको दोहास्थित कतार स्पोर्टस् क्लब स्टेडियममा यमनविरुद्ध स्थानीय समयअनुसार ६स्१५ बजे खेल्नेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यमनविरुद्धको खेल प्रतिष्ठाको भिडन्त समेत हुनेछ ।

समूह एफ मै रहेका फिलिपिन्स र ताजिकिस्तानबीचको महत्वपूर्ण खेल पनि सोही दिने हुँदैछ ।

प्रत्येक समूहको शिर्ष २ टोली आगामी बर्ष युएईमा हुने एएफसी एसियन कपका लागि छनौट हुनेछन् ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर : किरण चेम्जोङ, एलन न्योपाने, विकेश कुथु

डिफेन्डर : बिराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ

मिडफिल्डर : बिशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट, भरत खवास

फरवार्ड : बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा

Share Now

Leave a comment.