Prakash Adhikari November 15, 2022

काठमाडौं, २९ कार्तिक। नबिल बैंकले नेपालमा उपलब्ध टाटा मोटर्सको विभिन्न मोडेलका विद्युतीय कार किन्नका लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ।

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कम्पनीका अनुसार उक्त सम्झौतामा टाटाको नेक्सन र टिगोर इलेक्ट्रिकत भेहिकल्स(ईभी) खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।

टाटाको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख गरिएको छ।

यसैगरी उक्त गाडी किन्नका लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ ।

राष्ट्रव्यापी बैंकिड. सञ्जाल भएको नबिल बैंकले देश भर २३०शाखा र २५४ एटीएम बुथ, १७० अन्तर्राष्ट्रिय बंकहरुसंग बैंकिड. सहकार्य गर्दै आएको छ ।

 

Share Now

Leave a comment.