काठमाडौं, १५मंसिर । अधिक मत परेर विवादमा रहेको स्याड.जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुड.ले मतान्तर घटाउदै लग्नुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ९ सय २० मत हासिल गर्दा नेपाली कांग्रेसका धनराज गुरुड.ले २ हजार ९ सय ९ मत ल्याउनुभएको छ ।
यस्तै प्रदेशमा पनि नेकपा एमालेका मोहन रेग्मीले ३ हजार १ सय २ मत ल्याउदा नेपाली कांग्रेसका भोजराज अर्यालले ३ हजार ९१ मत ल्याउनुभएको छ । उहाँ दुईबीच पनि मतान्तर ११ नै रहेको छ ।


















