Prakash Adhikari December 1, 2022

 

चरिकोट(दोलखा), १५ मङसिर । दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ ।

आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँका चार वटा मतदान स्थलका १० वटा मतदान केन्द्रमा रहेका ८ हजार ५ सय १६ मतदाता रहेकोमा ४ हजार ३ सय १ मत खसेको छ ।

तामाकोसी गाउँपालिका –३ हेल्थ पोस्ट केन्द्रमा १ हजार ४ सय ४३ मध्ये ८ सय ३०, वैतेश्वर गाउँपालिका –३ जनज्योति माध्यमिक विद्यालय केन्द्रमा २ हजार ६ सय ६५ मध्ये १ हजार ३ सय २, वडा नम्बर २ कालिढुङगा मावि केन्द्रमा १ हजार ९ सय ३६ मध्ये ९ सय ३५ र वडा ६ को वैतेश्वर मावि केन्द्रमा २ हजार ४ सय ७२ मध्ये १ हजार २ सय ३४ मत खसेको छ ।

मतपेटिका सङ्कलन भएलगत्तै सर्वदलीय बैठक बोलाई मत गणना थालिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.